चैत्र १७, २०८२ मंगलबार | २१:२७:३६
नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु 'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल

सन्दीपको ठाउँमा पाकिस्तानी बलर यासिरले सिपिएल खेल्ने

काठमाडौं, (खेलाडी)- पाकिस्तानका बलर यासिर शाहले नेपालका लेग स्पिनर सन्दीप लामिछानेको स्थानमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्‍वान्टी-२०  क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

सिपिएल टिम ट्रीनबागो नाइट राइडर्सले सन्दीपको स्थानमा यासिरलाई अनुबन्ध गरेको हो ।

नेपाली राष्‍ट्रिय टिममा व्यस्त हुने भएको कारण सन्दीपले सिपिएल नसक्ने भएपछि उनको टोलीले विकल्पमा यासिरलाई अनुबन्ध गरेको जनाएको छ ।

अगस्ट २८ बाट सुरु हुने प्रतियोगिताकै समय नेपाली टिम ओमान भ्रमणमा जाने भएपछि सन्दीप सिपिएलका लागि उपलब्ध हुन नसक्ने पक्का भएको थियो ।

आइसिसी विश्‍वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि नेपालले ओमानको भ्रमण गर्ने तालिका रहेको छ ।

यस शृंखलाअघि नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग दुई खेलको एकदिवसीय अन्तराष्‍ट्रिय शृंखला खेल्ने छ ।

सन्दीपले यस अघि तीन सिजन सिपिएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए । त्यसअघि सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याटियोट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट प्रतियोगिता खेलेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो