चैत्र ८, २०८२ आइतबार | ०३:१८:३३
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

दक्षिण अफ्रिका जित नजिक

जोहानेसबर्ग । दक्षिण अफ्रिका भारतविरुद्धको दोस्रो टेस्टमा जितको संघारमा पुगेको छ ।

भारत दोस्रो इनिङमा दुई सय ६६ रनमा सीमित भएपछि जितका लागि दक्षिण अफ्रिकाले दुई सय ४० रनको लक्ष्य पाएको थियो ।

तेस्रो दिनको खेल समाप्तीमा दक्षिण अफ्रिका ११८-२ को स्थितीमा खेलिरहेको छ । दक्षिण अफ्रिका जितबाट मात्र एक सय २२ रन टाढा छ । 

दक्षिण अफ्रिकाका कप्तान तथा ओपनर डिन एल्गर अविजित ४६ रनमा खेलिरहेका छन् भने  रेसी भान डेर डुसेन अविजित ११ रनमा खेलिरहेका छन्  । 

भारतका श्रदुल ठाकुर र रविचन्द्रन अश्विनले समान एक विकेट लिए । 

यसअघि ८५-२ बाट तेस्रो दिनको खेल सुरु गरेको भारतले थप एक सय ८१ रन जोड्दा बाँकी आठ विकेट गुमाउँदै दुई सय ६६ रनमा सीमित भएको थियो ।

दोस्रो दिनको समाप्तीमा चेतेश्वर पुजारा अविजित ३८ र अजिंके रहाने अविजित ११ रनमा खेलिरहेका थिए । पुजारा र रहानेले अर्धशतक पूरा गरेपछि भारत बलियो योगफलतर्फ अघि बढेको थियो ।

पुजाराले ८६ बलमा १० चौका मद्दतमा ५३ रन जोड्दा रहानेले ७८ बलमा आठ चौका र एक छक्का मद्दतमा ५८ रनको योगफल तयार पारे ।

पुजारा र रहानेले तेस्रो विकेटका लागि एक सय ११ को साझेदारी गरेका थिए । पुराजा र रहाने पवेलियन फर्किएपछि भने भारतका अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् । 

पुजारा र रहानेलाई कागिसो रबाडाले पवेलियनको बाटो देखाएका थिए ।  त्यस्तै हनुमा बिहारीले अविजित ४० र श्रदुल ठाकुरले २८ रन जोडे । 

भारतले पहिलो इनिङमा दुई सय दुई रन बनाएको थियो भने दक्षिण अफ्रिकाले दुई सय २९ रन बनाएको थियो । दक्षिण अफ्रिकाले पहिलो इनिङमा २७ रनको अग्रता लिएको थियो ।

तीन टेस्टको शृंखलामा भारत १-० ले अघि छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो