चैत्र १६, २०८२ सोमबार | ०८:२८:५५
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

सन्दीपको हुरिकेन्स पराजित

क्यानबेरा । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सम्मिलित होबर्ट हुरिकेन्स बुधबार बिग बास लिग (बिबिएल) मा एडिलेड स्ट्राइकर्ससँग सात विकेटले पराजित भएको छ ।

एक सय २७ रनको लक्ष्य स्ट्राइकर्सले १५.१ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

स्ट्राइकर्सको जितमा म्याथ्यु सर्टले सर्वाधिक ७२ रन बनाए । सर्टले ४४ बलमा चार चौका र पाँच छक्का प्रहार गरे । यस्तै हेनरी हन्टले १८ र्याट रेनस्वले २९ र जोनाथन वेल्सले ११ रन जोडे ।

हुरिकेन्सबाट सन्दीपले दुई विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २२ रन खर्चिए । त्यस्तै अर्को एक विकेट सर्टको नाममा रह्यो ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको हुरिकेन्सले १९.५ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय २६ रनको योगफल तयार गरेको थियो ।

हुरिकेन्सका डीएर्सी सर्टले ३२ रन बनाए । त्यस्तै टिम डेभिडले २८, मिचेल ओवेनले १६ र पिटर ह्यान्डसकम्बले १४ रन जोडे ।

हुरिकेन्सबाट ११औं नम्बरमा ब्याटिङका लागि मैदान उत्रिएका सन्दीपले दुई बलमा दुई रन जोडे ।

स्ट्राइकर्सका पिटर सिडलले पाँच विकेट लिए । सिडलले ३.५ ओभरमा २३ रन खर्चिए । त्यस्तै राशिद खानले दुई तथा म्याथ्यु सर्ट र ह्यारी कोनवेले समान एक विकेट हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो