चैत्र १३, २०८२ शुक्रबार | ०८:१३:२८
पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा

म सधैँ कप्तान हुनुपर्छ भन्ने छैन: ज्ञानेन्द्र मल्ल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भएपछि ज्ञानेन्द्र मल्लले आफू सँधै कप्तान हुनुपर्छ भन्ने मान्यता नभएको प्रतिक्रिया दिएका छन् ।

मिडियालाई दिएको अभिव्यक्तिका कारण अनुशासन कारबाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पनि नेपाल क्रिकेट संघ (क्यान) ले जिम्मेवारी मुक्त गरेको थियो ।

‘म सँधै भरीलाई कप्तान हुन आएको पनि हैन र हुनुपर्छ भन्ने पनि छैन । म पहिला पनि खेलिरहेको थिए भने अहिले पनि खेल्छु,’ ज्ञानेन्द्रले भने ।

यसअघि २९ मंसिरमा क्यानको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै तत्कालिन कप्तान र उपकप्तानसँगै थप दुई खेलाडी कमल सिंह ऐरी र सोमपाल कामीलाई सन् २०२२ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो ।

त्यसपछि खेलाडीले बन्द प्रशिक्षणमा सहभागी नहुने बताएका थिए ।

ज्ञानेन्द्र लगायत खेलाडीले आफ्नो कारबाहीसहित कप्तानी समेत फिर्ता हुनुपर्ने माग राखेका थिए । क्यानले केन्द्रीय सम्झौता हेरफेर गर्ने र कारबाही समेत फुकुवा हुने तर कप्तानी फिर्ता नहुने बताएपछि समस्याको समाधान भएको थियो ।

विवाद समाधान भएसँगै चारै खेलाडी मंगलबारबाट प्रशिक्षणमा आएका छन् । कप्तान सन्दीप लामिछाने बिग बास लिग खेल्न अष्ट्रेलियामा रहेको र सागर ढकाल बिरामी हुँदा प्रशिक्षणमा सामेल छैनन् । बिहानी अभ्यास सत्रमा प्रारम्भिक छनोटका ३० मध्य २८ खेलाडी सामेल भएका थिए ।

प्रशिक्षणमा आएका ज्ञानेन्द्रले यो विवाद नभएको, खेलाडीले आफ्नो असन्तुष्टि जनाएको र यो विषय बाहिर आउनु नहुने बताए ।

‘विवाद समाप्त भएर हामी यहीँ छौं । विवाद समाधानभन्दा पनि एउटा असन्तुष्टि हो । विवाद बनाइएको जस्तो भयो । मलाई जहाँसम्म लाग्छ विवाद नभएर खेलाडीहरू एउटा दुइटा कुरामा असन्तुष्ट थियौं,’ मल्लले भने ।

ज्ञानेन्द्रले आफूहरूले बोर्डको विपक्ष र बोर्डलाई निचो गराउने काम कहिले पनि नगरेको बताए ।

‘कहिले पनि बोर्डको विपक्षमा जाने, बोर्डलाई निचो गराउने, कहिले पनि गरेको हैन । त्यो गर्ने भए हामी अरुपनि बाटो अपनाउथेउ होला, जान्थ्यौं होला । खेल्दैन थियौं होला । तर यत्रो वर्ष केही नहुँदा पनि खेलिरहेको छौं, भने अहिले एउटा सम्मानजनक स्थिति छ । सम्बोधन हुनुपर्यो भन्दा अरु-अरु आरोप लगाउँदा दुख लाग्यो । यो आत्मसम्मान कुराले मलाई अप्ठेरो परेको थियो ।’

यस्तै मल्लले आफू पहिलो पनि खेलिरहेको र अहिले पनि खेल्ने साथै देशको लागि खेल्ने उद्देश्य रहेको बताए ।

दोस्रो पटक पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीले ओमानमा आयोजना हुने आइसिसी ट्वान्टी २० विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्दैछ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो