जोहानेसबर्ग । भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टबाट बाहिरिएका छन् ।
कप्तान कोहलीको ढाडमा समस्या आएपछि साेमबारकाे दोस्रो टेस्टबाट बाहिरिएका हुन् । योसँगै कोहलीले भारतीय टोलीबाट सयौं टेस्टको कोशेढुङ्गाका लागि थप समय कुर्नुपर्ने भएको छ । कप्तान कोहलीले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टसँगै भारतीय टोलीबाट सयौं टेस्ट पूरा गर्नेथिए तर दोस्रो टेस्टबाट बाहिरिएसँगै यस कोशेढुङ्गाका लागि केही समय प्रतिक्षा गर्नुपर्ने भएको हो ।
कोहली बाहिरिएसँगै भारतीय टोलीको कप्तानी उपकप्तान केएल राहुलले सम्हाल्ने भएका छन् । राहुलले पहिलो पटक टेस्ट क्रिकेटको कप्तानी समाल्न लागेका हुन् ।
यसअघि पहिलो टेस्टमा भारतले सेन्चुरियनमा घरेलु टोलीमाथी एक सय १३ रनको जित निकालेको थियो ।
भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
