असार २६, २०८२ बिहीबार | १६:५०:३८
नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने नेपालको फिफा वरीयता खस्कियो ट्वान्टी–२० विश्वकप छनोटः नेपालको समूहमा कुवेत र जापान बेलिङ्घम कम्तिमा पनि तीन महिना मैदान बाहिर रहने १३ वर्षमा २८ उपाधि जित्दै रियालबाट मोड्रिचको बिदाइ रियाललाई हराउँदै पिएसजी क्लब विश्वकपको फाइनलमा सावित्रासहित १० खेलाडी सम्मानित नेपाली महिला फुटबलः उज्वेकिस्तानपछि के ? श्री भगवतीको पहिलो जितमा छितिज शाहीको चार गोल, सातदोबाटोको लगातार तेस्रो हार पुलिसले फ्रेन्ड्सलाई हरायो साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपाल र भारत भिड्ने

ऋषभ पन्तलाई आइसिसीको कारबाही

काठमाडौं । इङ्ल्यान्डसँगको पहिलो टेस्टको क्रममा अम्पायरको निर्णयप्रति असन्तुष्ट देखिएका भारतीय विकेटकिपर ब्याटर ऋषभ पन्तलाई आइसिसीले कारबाही गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २७ वर्षीय पन्तलाई आचारसंहिताको धारा २.८ अन्तर्गत लेभल वान उलङ्घन गरेको ठहर गरेको छ। जसका कारण उनलाई एक डिमेरिट अंक दिइएको छ ।

हेडिंगलीमा भएको टेस्टको तेस्रो दिन इङ्ल्यान्डको पहिलो इनिङ्सको ६१औं ओभरमा यो घटना भएको थियो, त्यतीबेला ह्यारी ब्रुक र बेन स्टोक्स ब्याटिङ गरिरहेका थिए।

पन्तलाई खेलको बलको अवस्थाको बारेमा मैदानमा रहेका अम्पायर पल रिफेल र क्रिस गाफनीसँग छलफल गरिरहेको देखिएको थियो । अम्पायरले बल गेजले जाँच गरेपछि बल परिवर्तन गर्न अस्वीकार गर्दा, पन्तले उनीहरूको अगाडि बल भुइँमा फ्याँकेर प्रतिक्रिया जनाएका थिए ।

पन्तले आफ्नो गल्ती मान्दै म्याच रेफ्री रिची रिचर्डसनले प्रस्ताव गरेको सजाय स्वीकार गरिसकेको आइसिसीले जनाएको छ ।

‘पन्तको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट अंक थपिएको छ ।  २४ महिनाको अवधिमा  याे उनकाे पहिलो गल्ती थियो,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

दुई वर्षको समयसीमा भित्र चार वा सोभन्दा बढी डिमेरिट अंक पुगेको खण्डमा उक्त खेलाडीलाई एक टेस्ट, दुई एकदिवसीय वा दुई ट्वान्टी-२० अन्तर्राष्ट्रियमा प्रतिबन्ध  लाग्नेछ । 


भिडियो
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH
साम्बा CAPTAIN भएकोमा हामीलाई समस्या छैन ll SARILA SHRESTHA- HOD NATIONAL WOMEN'S TEAM
ANJILA TUMBAPO SUBBA क्याप्टेनसिप ठूलो होइन। मेरा लागि साम्बा ठूलो हो, उसँगको सम्बन्ध ठूलो हो। SAMBA
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA