वैशाख २८, २०८२ आइतबार | १९:१०:३०
च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा हुने

विकेट लिएपछि खुसी मनाउँदै एपिएफका खेलाडीहरु । तस्बिर : खेलाडी

धनगढी । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि विभागीय टीम एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाप्ला क्रिकेट मैदानमा शिनबार भएका सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित हासिल गर्दै फाइनलको ढोका खोलेका थिए ।

शनिबारको दोस्रो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै एपिएफले २० ओभरमा ३ विकेट गुमाई एक सय २९ रन बनाएको थियो । जवाफमा लुम्बिनीलाई ९१ रनमा रोक्दै एपिएफले फाइनलयात्रा तय गर्यो ।

एपिएफका लागि रोमा थापाले अविजित ४२ रनको इनिङ खेलिन् । त्यस्तै ममता चौधरीले २७, सीता राना मगरले १८, राजमती ऐरीले १४ तथा ज्योती पाण्डेयले ११ रन बनाए।

लुम्बिनीका मधु डिसी, नेरी थापा र कृतिका मरासैनीले समान १ विकेट लिए ।

प्लेयर अफ दी म्याच रोमा थापाले एपिएफका लागि तीन विकेट लिएपछि लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९१ रनमा सीमित भयो ।

लुम्बिनीका लागि नेपाली राष्ट्रिय महिला टोलीकी पूर्व कप्तान नेरी थापाले अविजित ३८ रन बनाइन । नितु भण्डारीले १८ रन जोडिन् ।

त्यसअघी शनिबारै भएको पहिलो सेमिफाइनलमा सुदुरपश्चिमलाई ९ विकेटले हराउँदै  प्रदेश एकले फाइनल यात्रा पक्का गरिसकेको थियो ।

प्रदेश एकले यसअघि मेयर कपको सेमिफाइनलमा सुदुरपश्चिमसँग भोगेको हारको बदला लिँदै फाइनल प्रवेश गर्ने क्रममा ८६ रनको लक्ष्य १६.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टाएको थियो ।

पहिलो विकेटका लागि ओपनरद्धय कप्तान रुविना क्षेत्री र काजल श्रेष्ठले ५३ रनको साझेदारी गर्दै सानदार जितको आधार खडा गरेका थिए । अन्तिम समयसम्म क्रिजमा टिकेकी कप्तान रुविनाले अविजित ३१ रन बनाइन । कविता जोशीको बलमा बोल्ड भएकी काजलले टीमका लागि २८ रन बनाइन ।

प्लेयर अफ दी म्याच रुविनाले अप्सरी वेगमसँग पनि दोस्रो विकेटका लागि ३३ रनको साझेदारी गरिन् । अप्सरीले पनि अविजित ९ रन बनाइन।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाइ ८५ रन बनाएको थियो ।

प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपिवजेताको भागमा तीन लाख रुपैयाँ पुरस्कार पाउनेछ । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट बलरले र ब्याटरले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP