वैशाख २८, २०८२ आइतबार | ११:११:००
एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित पब्जी मोबाइल एसियन सोडाउन: इन्डोनेसियाको अग्रता कायमै नेपाल च्याम्पियन बराबरीमा रोकिए मध्यपुर र चाँगुनारायण सैनिक आवसीय महाविद्यालय सेमिफाइनलमा स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोली घोषणा सानदार जितसहित गोदावरी सेमिफाइनलमा

धनगढीमा माघ अन्तिमबाट विद्यालयस्तरीय क्रिकेट हुने

धनगढी । धनगढीमा अर्को महिना विद्यालय स्तरीय यु १९ क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग–६ (एलपिएल) हुने भएको छ ।

विद्यालयस्तरको क्रिकेटलाई उकास्दै राष्ट्रिय स्तरको क्रिकेटसँग जोड्ने अभियानमा पाँच वर्षअघि देखि प्रतियोगितालाई निरन्तरता दिइएको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतियोगिता माघ २२ देखि फागुन सात गतेसम्म चल्ने आयोजक लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी गराए । उनका अनुसार प्रतियोगिताको विगतका संस्करणमा १६ टिमको सहमागिता रहने गरेको भए पनि यसपाली कैलालीका सात, कञ्चनपुरको एक र काठमाडौंका दुई गरी १० विद्यालय टिमको सहभागिता रहनेछ । प्रतियोगिताको स्तरवृद्धिका लागि सहभागी टिमको संख्या घटाइएको उनको भनाई छ ।

लिगकम नकआउट प्रणालीमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । ‘यसरी प्रतियोगिता गर्दा सबै सहभागीले समूह चरणमै चार खेल खेल्न पाउँछन् । जसबाट स्कुल स्तरमा लुकेर रहेका प्रतिभा पहिचानमा सहयोग मिल्छ,’ उनले भने ।

प्रतियोगितामा धनगढीको लिटल फ्लावर बोर्डिङ हाई स्कुल, लम्कीको कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल, धनगढीकै स्टेपिङ स्टोन इङ्लिस स्कुल, तेघरीको सैनिक आवासीय महाविद्यालय, गेटाको विद्या भुषण पब्लिक स्कुल मोहनपुरको सहभागिता रहनेछ ।

यसैगरी अत्तरियाको सत्यवती एकेडेमी र होलिल्यान्ड सेकेन्डरी स्कुल, कञ्चनपुरको दोधारा चाँदनीस्थित शारदा सरस्वती मावि, काठमाडौंको हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमीको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

विजेताले एक लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट बलर, उत्कृष्ट ब्याटर र उदीयमान खेलाडीले जनही १० हजार रुपैयाँ पाउने प्रतियोगिता संयोजक भूपीसिंह धामीले जानकारी गराए ।

धामीका अनुसार यही संस्करणबाट प्रत्येक खेलमा प्लेयर अफ दी म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP