चैत्र ८, २०८२ आइतबार | ००:३२:५२
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पहिलो एकदिवसीयमा श्रीलंका विजयी

काठमाडौं । कप्तान चरिथ असलंकाको शतकप्रेरित घरेलु टोली श्रीलंकाले अस्ट्रेलियाविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा ४९ रनको जित  दर्ता गरेको छ ।

जितसँगै श्रीलंकाले दुई खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो तथा अन्तिम खेल शुक्रवार हुनेछ ।

बुधबार कोलम्बोस्थित आर प्रेमदासा क्रिकेट मैदानमा श्रीलंकाले प्रस्तु गरेको २१५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ३३.५ ओभरमा १६५ रनमै समेटियो ।

अस्ट्रेलियाका लागि एलेक्स केरीले ४१, आरोन हार्डीले ३२ तथा एडम जाम्पाले अविजित २० र सेन एबोटले २० रन बनाए ।

श्रीलंकाका लागि महेश तिक्क्षणाले चार, दुनिथ विलालागे र आसिथा फर्नान्डोले समान दुई तथा कप्तान असंलगा र वानिन्दु हसरंगाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले ४६ ओभरमा सबै विकेट गुमाउँदै २१४ रनको योगफल तयार पारेको थियो ।

श्रीलंकाका लागि कप्तान असंलकाले १२६ बलमा १४ चौका र पाँच छक्काको मदद्तले सर्वाधिक १२७ रनको योगदान गरे । यसैगरी दुनिथ विलालागेले ३०, कुशल मेन्डिसले १९ रन बनाए ।

अस्ट्रेलियाका लागि सेन एबटले तीन, आरोन हार्डी, स्पेन्सर जोनसन र नाथन एलिसले समान दुई तथा म्याथ्यु शर्टले एक विकेट लिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो