फाल्गुन २७, २०८२ बुधबार | ०३:०४:१५
विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित नेपाली फुटबल सुधारका लागि एन्फालाई डिभिजन क्लबहरुको ७ बुँदे माग जन जागृतिलाई हराउँदै शीर्ष स्थानमा उक्लियो मछिन्द्र, मनाङले चित्लाङलाई हरायो क्रिकेटर लोकेश एसपीए कलेजको ब्राण्ड एम्बासडरमा नियुक्त मताधिकारको दाबी गर्न थ्री स्टार भोलि एन्फा जाँदै भारत च्याम्पियन भएको खेलमा अर्शदिपलाई जरिवाना ए डिभिजन लिग चैत ३० गतेबाट गर्ने सहमती भारतका अभिषेक भन्दा दीपेन्द्र अगाडी

रूपन्देही सुपर लिगः वेष्टर्न क्रिकेट क्लब च्याम्पियन

भैरहवा । रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको २३औं संस्करणमा वेष्टर्न क्रिकेट क्लबले च्याम्पियन बनेको छ ।

मंगलबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनलमा वेष्टर्नले लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्यो । वेष्टर्नले तेस्रो पटक सुपर लिगको उपाधि उचालेकाे हो ।

वेष्टर्नले प्रस्तुत गरेको २२६ रनको लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी ३८ ओभरमा १८६ रनमै समेटियो । लुम्बिनी खुकुरीका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए ।

वेष्टर्नका नरेन साउदले चार, देव खनाल र सुझाव थापाले समान दुई तथा सन्देश थापाले एक विकेट लिए

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेष्टर्नले निर्धारित ४०.४ ओभरमा सबै विकेट गुमाउँदै २२५ रनको बलियो योगफल तयार पारेको थियो । वेष्टर्नका लागि लागि नरेन साउदले  सर्वाधिक ६६ रनको योगदान गरे ।

यसैगरी देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रन जोडे ।

लुम्बिनी खुकुरीका लागि अजयकुमार चौहानले पाँच, भुवन कार्कीले दुई तथा दुर्गेश गुप्ता र सुप्रित घिमिरेले समान विकेट लिए ।

उपाधिसँगै वेष्टर्नले १ लाख १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ मेडल र प्रमाणपत्र हात पार्यो ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहयोगमा सम्पन्न प्रतियोगितामा वेष्टर्नका देव खनालले सर्वोकृष्ट खेलाडी घोषित हुँदै १५ हजार रुपैयाँ पाए ।

यसैगरी वेष्टर्नका अभिशेष गौतम उत्कृष्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली उत्कृष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरूले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।

विजेता र उपविजेतलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, संघका अध्यक्ष हरिबहादुर थापा, संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, म्याच रेफ्री समीर खान, संघका सचिव संजय गुरुङ, कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणलगायतले पुरस्कार प्रदान गरेका थिए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||