चैत्र ३, २०८२ मंगलबार | १५:२३:२०
सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर जय ट्रफीको फाइनल आजबाट लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग

जय नेपाल कपमा आठ टोली, विजेतालाई १५ लाख

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिता नेपाल, भारत र बंगलादेशका आठ टोली सहभागिता जनाउने भएका छन् ।

आयोजक नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टिम सहभागी हुने जानकारी दियो ।

प्रतियोगिता माघ ७ बाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ‘हामीले खुला छनोटबाट टिम छनोट गरेका हौँ । २०० बढी विश्वविद्यालयलाई प्रस्ताव गरेका थियौं,’ प्रतियोगिता संयोजक गणेश थापाले भने ।

नेपालबाट त्रिभुवन , काठमाडौं , मध्यपश्चिम  र पूर्वाञ्चल विश्वविद्यालयले सहभागिता जनाउने छन् । यसैगरी भारतबाट दिल्ली, लखनऊ विश्वविद्यालय, बाबासाहेब भीमराव, बिहार विश्वविद्यालय तथा बंगलादेशको ढाका विश्वविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ ।

आयोजक संघका  अध्यक्ष दुजाङ शेर्पाले प्रतियोगिताको विजेताले १५  र उपविजेताले १० लाख रूपैया पाउने जनाए ।

कान्छा पर्वतारोही निमारिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने