काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्दै आएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौं संस्करण लुम्बिनी प्रदेशमा हुने भएको छ ।
क्यानले बुधबार प्रादेशिक क्रिकेट संघलाई पठाएको पत्रमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशमा फागुन २५ गतेदेखि हुने जानकारी उल्लेख गरेको हो ।
क्यानले माघ ७ गतेदेखि २८ गतेसम्म जिल्ला छनोट र फागुन ३ देखि १८ गतेसम्म प्रादेशिक प्रतियोगिता गरिसक्नुपर्ने कुरा उल्लेख गरेको छ ।
प्रधानमन्त्री कपको छैटौं संस्करण लुम्बिनी प्रदेशको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र बागमती प्रदेशको त्रिवि क्रिकेट मैदान र मूलपानी मैदानमा सम्पन्न भएको थियो । त्रिवि मैदानमा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराएको थियो ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE