वैशाख २८, २०८२ आइतबार | २०:२९:०७
न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित

सहकर्मीमाथिको कारबाहीविरुद्ध क्रिकेटरको आन्दोलन : आई एम डन टू

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार सहकर्मीमाथि नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारबाहीको विरोधस्वरुप राष्ट्रिय क्रिकेट खेलाडीहरुले भद्र आन्दोलन सुरु गरेका छन् ।

राष्ट्रिय खेलाडीहरुले सामाजिक सञ्जालमा ‘आई एम डन’ अर्थात मलाई पुग्यो लेख्दै क्यानमाथि कारबाही फिर्ता लिन दबाब दिएका छन् ।

विकेटकिपर ब्याटर विनोद भण्डारीले फेसबुकको स्टोरीमा ‘आई एम डन’ लेखेका छन् भने कुशल भुर्तेलले ‘आई एम डन टू’, करण केसीले ‘आई गेस आई एम डन’, रोहितकुमार पौडेलले ‘आई एम डन टू’ र अविनास बोहराले ‘आई थिंक आई एम डन’ लेख्दै आफ्ना सहकर्मीहरुमाथिको कारबाही फिर्ता नलिए नखेल्ने चेतावनी दिएका छन् ।

अनुशासन उल्लंघन गरेको भन्दै क्यानले बुधबार साँझ राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र, उपकप्तान दीपेन्द्रसिंह तथा मुख्य खेलाडी सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो ।

क्यानले बुधबार आकस्मिक भर्चुअल बैठकबाट ज्ञानेन्द्रलाई कप्तान तथा दीपेन्द्रसिंहलाई उपकप्तानको जिम्मेवारीबाट मुक्त गर्ने तथा सोमपाल र कमलसिंहसहितलाई आगामी २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा पहिलो ६ महिना समावेश नगर्ने निर्णय गरेको थियो ।

क्यानको उक्त निर्णयमा असहमति जनाउँदै चार जना बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेको बताइएको छ ।

क्यानले ९ महिना ढिलो गरी गरेको खेलाडी बर्गिकरणमा असहमति जनाउँदै प्रतिक्रिया दिएका कारण कप्तान र उपकप्तानसहितका खेलाडीलाई अनुशासनको डन्डा चलाइएको हो ।

क्यानले ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमलसिंहलाई सञ्चार माध्यममा क्यानविरुद्ध प्रतिक्रिया दिएको भन्दै कात्तिक २५ मा स्पष्टिकरण सोधेको थियो ।

खेलाडीहरुले कात्तिक ३० गते स्पष्टिकरण दिएका थिए । जसलाई क्यानले चित्तबुझ्दो नभएको भन्दै कुनै निर्णय गरेको थिएन । यसैबीच मंसिर पाँच गते स्पष्टिकरण सोधिएकालगायत १९ खेलाडीले क्यानलाई पत्र लेख्दै बर्गिकरणको आधारबारे स्पष्टता खोजेका थिए ।

खेलाडीको पत्रको प्रतिक्रियास्वरुप क्यानले मंसिर आठ गते दोस्रो पटक खेलाडीसँग स्पष्टिकरण मागेपछि खेलाडी र नेपाली क्रिकेटको सर्वोच्च निकायबीचको विवाद थप लम्बिएको थियो ।

पछिल्लो समय घोषित काम नगरी राजनीतिमामात्र केन्द्रित भएको, खेलको विकासका लागि सिन्को नभाचेको, बोर्डभित्रै चरम गुटबन्दी र असन्तुष्टि रहेको, मनलाग्दी निर्णयहरु गर्दै क्रिकेटको आधार मासेकोलगायतका आरोप लाग्दै आएको क्यान प्रशासन पछिल्लो खेलाडी विवादपछि थप रक्षात्मक बनेको छ ।

राष्ट्रिय टोलीका एक खेलाडी भन्छन्, ‘हामीले आफ्नै बारेमा गरिएको निर्णयमाथि प्रश्न पनि गर्न नपाउने भन्ने हुँदैन । यो प्रजातान्त्रिक मुल्य मान्यताविपरित छ । क्रिकेटको मात्र होइन सभ्य समाजमा पनि प्रश्न गर्न पाउने व्यक्तिको अधिकार सुरक्षित हुन्छ । तर तानासाही तरिकाले चल्दै आएको क्यानले एउटा सामान्य विषयलाई तन्क्याएर देशका लागि खेल्ने खेलाडीको तेजोबध गर्ने प्रयास गरेको छ । हामीले त्यसैको विरोधमा आवाज उठाएका हौं ।’

तत्काललाई सामाजिक सञ्जालका विभिन्न स्वरुपमा लेखेरै खेलाडीले भद्र आन्दोलन सुरु गरेको र भविश्यमा आवस्यक परे यसको रुप फेरिन सक्ने ती खेलाडीले चेतावनी दिए । उनले खेलाडीहरु बीच आवस्यक परे सामूहिक संन्यास घोषणा गर्नेसम्मको विषयमा छलफल चलिरहेको जानकारी गराए ।

‘हामीले अत्यन्तै सीमित सेवासुविधाको भरमा पनि आफ्नो तर्फबाट सतप्रतिसत भन्दा बढि दिएर क्रिकेटमा योगदान गरिरहेका छौं । तर राजनीति गर्न आउनेहरुले हाम्रो योगदानको अवमुल्यन गर्दै उल्टै खेलाडीको अपमान गर्ने काम गर्छन भने हामीसँग विकल्प खुम्चिँदै जानेछ,’ ती खेलाडीले भने, ‘हामी सम्बन्धित निकायहरुको ढोकामा पनि पुगिसकेका छौं । कतैबाट पनि न्याय भएन भने क्रिकेट छोडेर आफ्नो बाटो लाग्नुको हामीसँग विकल्प हुने छैन । हामी त्यसका लागि पनि तयार छौं ।’

क्यानमा चरम निरंकुसता रहेको कारण खेलाडीहरु लामो समयदेखि अत्यन्तै पीडामा रहेको बताए । ‘हामीलाई अन्याय भयो भनेकै भरमा कप्तान र उपकप्तानसहित चार जना खेलाडीलाई कारबाही हुन्छ । यो 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP