पुस १९, २०८१ शुक्रबार | ०३:५७:१०
एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन एपिएफ र गल्कोटबीचको खेल स्थगित ओलम्पिक स्वर्ण विजेता एग्नेस केलेटीको निधन सभापति कप माघ दोश्रो साता हुने एनएनआइपिए स्पोर्टस अवार्डको तयारी पूरा आर्मीको सहज जित पाँचौं टेस्टअघिको पत्रकार सम्मेलनमा उपस्थित भएनन् रोहित दुई वर्षपछि मैदान फर्किइन् पुनम जर्घामगर मणिमुकुन्द सोझो सेटमा विजयी बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि हुने करातेमा योङ हार्ट्स र इस्टपोल च्याम्पियन

कर्णालीको पहिलो जित

मधेशविरुद्ध ‘प्लेयर अफ द म्याच’ घोषित विपिन शर्मा ।

विराटनगर । कर्णाली प्रदेशले नरेश श्रेष्ठ स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ ।

सोमबार विराटगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा कर्णालीले मधेश प्रदेशविरुद्ध ४७ रनको जित निकाल्यो ।

जितसँगै पाँच खेलमा दुई अंक जोडेको कर्णाली पुछारमा छ । पराजित मधेश समान खेलबाट चार अंकका साथ पाँचौं स्थानमा छ ।

कर्णालीले प्रस्तुत गरेको १३४ रनको लक्ष्य पछ्याएको मधेश २७.२ ओभरमा ८६ रनमै समेटियो ।

मधेशका लागि मायन यादवले १५, जितेश मण्डलले १३, रोहन साहले अविजित ११ र साहिल पटेलले ११ रन बनाए ।

कर्णालीका लागि विपिन शर्माले चार, युनिश ठकुरीले तीन, अनुज चनराले दुई र अर्विन्द घर्तीले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले ४५ ओभरमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल तयार पारेको थियो ।

कर्णालीका लागि हीरालाल चनराले ४५, कप्तान मनिष थापाले २२ र युनिश ठकुरीले २१ रन बनाए ।

मधेशका लागि राजेश यादवले चार, अफ्रुदिन राइनले तीन र रञ्जित कुमारले दुई विकेट लिए ।

सोमबारै ज्वाला क्रिकेट मैदानमा कोशी प्रदेशविरुद्ध १२३ रनको सहज जित निकाल्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान पक्का गरेको छ । 


भिडियो
हाम्रो काम विपक्षी आक्रमणलाई रोक्ने मात्र थियो, हारे पनि खुसी छु Sonam lama Coach BYC
मन्त्री चौधरीको गुनासो, ‘मन्त्रालयभन्दा खेलकुद परिषद ठूलो, परिषदभन्दा संघ ठूलो । यस्तो पनि हुन्छ ?’
ललित स्मृति यु–१८ प्रतियोगितामा नेपाल पुलिस क्लबले उपाधि जितेको छ । हेनुहोस पुरस्कार वितरण समारोह
SHANKATA का MIDFIELDER KRISHNA BDR ALE भन्छन्ः एनएसएल खेल्ने र चाँडै राष्ट्रिय टिममा पर्ने सपना छ
दीपा र अमिषालाई लिगमा मिस गर्छु : Anjana Rana Magar
Goalkeeper Anjana Rana Magar ड्रिम अन एजुकेसन कन्सलटेन्सी प्रालिको ब्रान्ड एम्बासडरमा नियुक्त
NOC चुनावमा ऐनकानुन मिचेर जबरजस्ती गर्नेलाई कार्वाही हुन्छ : Teju Lal Chaudhary Minister, Sports