काठमाडौं । बंगलादेशी ब्याटर महमुदुल्लाहले ट्वान्टी-२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका छन् ।
उनले समाजिक सञ्जालमार्फत भारतविरुद्धको ट्वान्टी-२० शृंखलापछि अन्तर्राष्ट्रिय करियरलाई विश्राम दिने जानकारी गराए ।
बंगलादेश अहिले तीन खेलको ट्वान्टी-२० शृंखलाका लागि भारत भ्रमणमा छ । शृंखलाको पहिलो खेलमा बंगलादेश सात विकेटले पराजित भएको थियो ।
यसैगरी शृंखलाको दोस्रो खेल बुधबार र तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
३८ वर्षीय महुदुल्लाहले बंगलादेशका लागि १३९ अन्तर्राष्ट्रिय ट्वान्टी-२० खेल खेल्दा आठ अर्धशतकसहित २ हजार ३९५ रन बनाएका छन् ।
यसैगरी उनले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ४० विकेट पनि लिएका छन् । महमुदुल्लाहले सन् २००७ मा केन्याविरुद्धको खेलमार्फत ट्वान्टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।
भिडियो
एनपिएलको फाइनल हेर्न कीर्तिपूर ओइरियो मानवसागर । हेर्नुस ड्रोन भिडियो
NPL फाइनलमा हारेपनि हामीले राम्रो क्रिकेट खेल्यौंः Jagat Tamata
NPL को फाइनलमा SUDURPASCHIM र JANAKPUR को भिडन्त, कस्ले मार्ला बाजी ? के भन्छन् CAPTAIN ?
दीपेन्द्र नै एनपिएलको सर्वोत्कृष्ट खेलाडी हो: Binod Bhandari
सुदूरपश्चिमसँग दोस्रो पटक हारेपछि कप्तान आसिफ शेख Aasif Sheikh
Sumi Paudel अब NPL मा Karnali Yaks को फ्यान
NPL FAN VOICE ।। Janakpur Bolts Vs Sudur Paschim Royals ।। Qualifier 1