चैत्र ९, २०८२ सोमबार | १७:२४:२९
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल

बंगलादेशलाई पाकिस्तानविरुद्धको टेस्ट शृंखला

पाकिस्तानविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेपछि बंगलादेशी टोली ।

काठमाडौं । बंगलादेशले पाकिस्तानविरुद्धको टेस्ट शृंखला आफ्नो पक्षमा पारेको छ । बंगलादेशले टेस्ट शृंखलामा पहिलो पटक पाकिस्तानलाई हराएको हो ।

घरेलु टोली पाकिस्तानविरुद्ध दोस्रो तथा अन्तिम टेस्टमा ६ विकेटको जित निकाल्दै बंगलादेशले शृंखला २-० ले आफ्नो पक्षमा पर्यो । पहिलो टेस्टमा बंगलादेश १० विकेटले विजयी भएको थियो ।

पाकिस्तानले प्रस्तुत गरेको १८५ रनको लक्ष्य बंगलादेशले पाँचौं तथा अन्तिम दिन मंगलबार चार विकेट गुमाएर पूरा गयो ।

बंगलादेशले ४२-० को स्थितिबाट पाँचौं  दिनको सुरुआत गरेको थियो ।

बंगालादेशका लागि जाकिर हसनले ४०, कप्तान नजमुल हसन शान्तोले ३८, मोमिनुल हकले ३४, शद्मन इस्लामले २४, मुस्फिकुर रहिमले अविजित २२ र साकिब अल हसनले अविजित २१ रन बनाए ।

पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै जाकिर हसन । 
 

पाकिस्तानका मिर हम्जा, खुर्रम शाहजाद, अबरार अहमद र आगा सलमानले समान एक विकेट लिए ।

पाकिस्तानले दोस्रो इनिङमा १७२ रन मात्र बनाएपछि बंगलादेशले १८५ रनको सामान्य लक्ष्य प्राप्त गरेको थियो ।  

दोस्रो इनिङमा लागि सलमान आगाले ४७, मोहम्मद रिजवानले ४३, कप्तान शान मक्सुदले २८, सइम अबयुले २० रन जोडे ।

त्यसअघि रावलपिन्डीमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो इनिङमा २७४ रन बनाएको थियो ।

बंगलादेश १६२ रनमै समेटिएपछि पाकिस्तानले पहिलो इनिङमा १२ रनको सामान्य अग्रता लिएको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो