चैत्र ६, २०८२ शुक्रबार | १८:२०:०४
दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने नेपाललाई हराउँदाका नायक करनले आइपिएल गुमाउने दीपेन्द्र पनि बेल्जियममा खेल्ने ४० वर्षीय गोलकिपर मेक्सिकन टिममा समावेश रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा

पारसको पहिलो ‘सय रन’

नेपाली क्रिकेटले पारस खड्कालाई सम्झनुपर्ने धेरै कारण छन् । क्रिकेटमात्र होइन, पूरा नेपाली खेलकुदले नै उनलाई सम्झिरहने छ । नेपाली क्रिकेटको एउटा कालखण्ड पारसको वरिपरि घुम्ने गर्छ । उनलाई मन पराउने धेरै होलान्, मन नपराउने पनि हजार होलान्, तर उनलाई नेपाली खेलकुदले बिर्सन सक्ने छैन ।

खेलाडी डटकमले उनलाई अहिले ठ्याक्कै सम्झेको भने ती दुई पहिलो ‘सय रन’ का लागि हो । यो एउटा यस्तो कारण हो, जुन कहिले पनि मेटिने छैन । पारसले एकदिवसीय क्रिकेटमा पनि शतक बनाए । ट्वान्टी २० क्रिकेटमा पनि शतक बनाए । मीठो संयोग कस्तो भने यी दुवै शतक नेपालका लागि क्रिकेटको फरक स्वरुपमा बनेका पहिलो शतक थिए ।

यी दुवै अवसरमा उनलाई सोधिएको थियो । यी शतक बनाउँदा कस्तो अनुभव भयो त ? त्यसमा उनको अपेक्षित उत्तर थियो, व्यक्तिगत प्रदर्शनभन्दा टिमको प्रदर्शन ठूलो हो । सबैभन्दा पहिले एकदिवसीय शतककै चर्चा गरौं । दिन थियो, सन् २०१९ को जनवरी २८ । प्रतिद्वन्द्वी थियो, संयुक्त अरब इमिरेट्स (यूएई) । तीन खेलको त्यो शृंखलामा यो नै अन्तिम प्रतिस्पर्धा थियो ।

शृंखला १-१ को बराबरीमा थियो । पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ५४ रन बनायो । एकदिवसीय क्रिकेटमा यो राम्रै स्कोर थियो । पारस बलिङमा पनि उत्रेका थिए । उनले ४४ रन खर्चेर दुई विकेट लिए । जवाफमा नेपालले ४४.४ ओभरमात्र खेलेर ६ विकेटको क्षतिमा दुई सय ५५ रन बनायो । चार विकेटको जित निस्केको थियो ।

त्यसमा पारसले एक सय १५ रन बनाए । भनिरहनुपर्दैन, उनले इतिहास पनि बनाएका थिए । उनले एक सय नौं बल सामना गरेर १५ चौका र एक छक्का प्रहार गरे । स्वाभाविक रूपमा उनी नै म्यान अफ दी म्याच भए । शृंखला पनि नेपालकै पक्षमा रह्यो २-१ ले ।

अब ट्वान्टी २० शतकको पालो । दिन थियो सन् २०१९ को सेप्टेम्बर २८ । प्रतिद्वन्द्वी थियो सिंगापुर ।

त्यसमा सिंगापुरले पहिले ब्याटिङ गर्दै २० ओभरमा तीन विकेट गुमाएर एक सय ५१ रन बनायो । जवाफमा नेपालले एकै विकेट मात्र गुमाएर एक सय ५४ रन बनायो । नौं विकेटको जित भइहाल्यो । त्यसमा पारस ५२ बलमा एक सय ६ रन बनाएर अविजित रहे । उनको ब्याटबाट सात चौका र नौं छक्का निस्केको थियो । यो एक अर्को इतिहास बनेको थियो ।   


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो