वैशाख २८, २०८२ आइतबार | २१:०५:४१
रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन

क्यानको साधारणसभा पुसमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आगामी पुसको मध्यमा धनगढीमा हुने भएको छ ।

रिक्त रहेको सचिव र उपाध्यक्ष पदको निर्वाचन समेत हुने वार्षिक साधारणसभा पुस १४ र १५ गते हुनेछ । क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै जनाएअनुसार कार्यसमितिको भर्चुअल बैठकले साधारणसभा आयोजनाको निर्णय गरेको हो ।

नेपाली काग्रेसको स्थानीय राजनीतिमा मस्त रहेर बैतडीमै बसोबास गर्दै आएका अध्यक्ष चतुरबहादुर चन्दले एकलौटी ढंगले संघ चलाएको भन्दै असन्तुष्ट रहेका निर्वाचित सचिव अशोकनाथ प्याकुर्याल तथा उपाध्यक्ष राजुबाबु श्रेष्ठले अघिल्लो महिना राजीनामा गरेका थिए । प्याकुर्याल र श्रेष्ठले राजीनामा गरेपछि अध्यक्ष चन्दले प्रशान्तविक्रम मल्ललाई कार्यवाहक सचिवको जिम्मेवारी दिएका छन् ।

साधारणसभाका लागि चार वर्षे कार्यकाल समाप्त भएका र समाप्त हुने अवस्थामा पुगेका जिल्ला संघलाई माघ सात गतेभित्र साधारणसभा गर्न निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी राष्ट्रिय टोलीका लागि मुख्य प्रशिक्षक छान्न कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा कोषाध्यक्ष रोशनकुमार सिंह, महाप्रवन्धक रौनकबहादुर मल्ल, क्रिकेट म्यानेजर विनोदकुमार दास र आइसिसीका एक प्रतिनिधी रहने गरी पाँच सदस्यीय छनोट समिति गठन गरिएको जनाइएको छ ।

त्यस्तै पुस १५ गतेभित्र प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता गर्ने पनि निर्णय गरेको जनाइएको छ ।

विभिन्न बहानामा लामो समयदेखि क्रिकेट विकासका कुनै पनि काम नगरेको भन्दै क्यानको वर्तमान कार्यसमिति आलोचित बनिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा क्यान निदाएर बसेको भन्दै वेकअप क्यान अभियान चलेको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP