भैरहवालाई विराटनगरको ९० रनको लक्ष्य

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्ल्याडियटर्ससामु बिराटनगर वारियर्सले ९० रनको लक्ष्य प्रस्तुत गरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको बिराटनगरले  १७.४ ओभरमा सबै विकेट गुमाउदै ८९ रन मात्र जोड्यो ।

विराटनगरका  दिलसान मुनविराले सर्वाधिक २५, सुमित महर्जनले १३ ,अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे ।

भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।