चैत्र १४, २०८१ बिहीबार | १५:३५:०४
एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

त्रिभुवन विमास्थल आइपुग्यो नेपाली भलिबल टोली

काठमाडौं । ब‍‍गलादेशमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोली नेपाल आइपुगेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा नेपाली टोलीलाई स्वागत गर्न अहिले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, उपाध्यक्ष निरोज मास्केसहितको टोली पुगेको छ ।

नेपाली महिला भलिबल टोलीले दोस्रो पटक सेन्ट्रल जोन भलिबलको उपाधि जितेको हो । जुन नेपाली महिलाल भलिबल टोलीले जितेको अहिले सम्मको सर्वाधिक ठूलो उपाधिमा पर्छ । उपाध्यक्ष मास्केको नेतृत्वमा नेपाली टोलीलाई विमान स्थलमा भव्य स्वागतको तयारी भैरहेको छ । 

विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फुल मालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद(राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गर्ने क्रममा रहेको छ । विमानस्थलमा अहिले स्वागतका लागि नेपाली परम्परागत नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूको बाक्लो उपस्थित रहेको भलिबल संघ उपाध्यक्ष निरोज मास्केले बताइन् ।

बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर दोस्रो पटक उपाधि घर ल्याएको हो ।

प्रतियोगिताको साविक विजेता नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक भलिबलमा सबैभन्दा ठूलो उपाधि हात पारेको थियो ।


भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT