एभिसी सेन्ट्रल जोन

सेन्ट्रल जोन च्याम्पियन महिला टोलीलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपको विजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई जनही ५ लाख रूपैयाँ दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । नेपालले मंगलबार भएको फाइनलमा उज्वेकिस्तामाथि ३–२ सेटको नतिजामा जित निकाल्दै उपाधि उचालेको थियो ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको नेपाली टोलीका खेलाडीलाई ५ लाख, प्रशिक्षकलाई ३ लाख र अफिसियललाई २ लाख दिने मन्त्रिपरिषदले निर्णय गरेको हो ।