जेष्ठ १९, २०८२ आइतबार | ०४:५३:४५
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

हेल्प नेपालको विजयी यात्रा जारी

काठमाडौं ।  साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लबले प्रधानमन्त्री कप एनभिए लिगमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न पुरुषतर्फको‌ तेस्रो खेलमा हेल्प नेपालले विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

हेल्प नेपालले खेल २५-२१, २५-२२, २५-२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि हेल्प नेपालले त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिम खेलकुद परिषद्लाई पराजित गरेको थियो ।

यता एपिएफको भने यो लगातार दोस्रो हार हो । यसअघि सुदूरपश्चिमलाई पराजित गरेको एपिएफले मणिमुकुन्द भलिबल क्लबसँग हार बेहोरेको थियो ।

शनिबारै पुरुषतर्फका अन्य खेलमा आर्मीले मणिमुकुन्दलाई ३-२ तथा गण्डकी प्रदेश भलिबल संघले नेपाल पुलिस क्लबलाई ३-० को सेटमा पराजित गरे ।

यसैगरी शनिबारै सम्पन्न महिलातर्फका खेलमा एपिएफले आर्मी र पुलिसले कर्णाली खेलकुद विकाश परिषद्लाई समान ३-० तथा न्यु डायमन्ड स्पोर्टस क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएका थिए ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL