काठमाडौं । न्यु डायमन्ड स्पोर्टस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ एभरेस्ट भलिबल क्लबविरुद्ध ३-१ सेटको पुनरागमन जित दर्ता गरेको थियो ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न तेस्रो खेलमा पहिलो सेट २१-२५ ले गुमाएको न्यु डायमन्डले त्यसपछिका तीन सेट २५-२३, २५-१४, २५-२२ ले आफ्नो पक्षमा पर्यो ।
प्रतियोगितामा न्यु डायमन्डको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा न्यु डायमन्डले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई हराएको थियो ।
यता एभरेस्टको लगातार दोस्रो हार हो । यसअघि त्रिभुनवन आर्मी क्लबलाई हराएको एभरेस्ट नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।
शनिबारै सम्पन्न अन्य खेलमा नेपाल एपिएफ क्लबले आर्मी तथा पुलिसले कर्णालीलाई समान ३-० को सेटमा हराएका थिए ।
भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
