काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न दोस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
एपिएफले खेल २५-७, २५-२३, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
यसअघि एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई पराजित गरेको थियो । आर्मीले यसअघि एभरेस्ट भलिबल क्लबसँग हार बेहोरेको थियो ।
शनिबारै सम्पन्न पहिलो खेलमा साबिक विजेता पुलिसले एकतर्फी खेलमा कर्णालीलाई २५-५, २५-९, २५-११ ले हरायो ।
पुलिसले पहिलो खेलमा एभरेस्टलाई हराएको थियो । यसैगरी कर्णाली एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लबसँग पराजित भएको थियो ।
भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?