काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शनिबार सम्पन्न दोस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध ३-० को सोझो सेटमा जित निकाल्यो ।
एपिएफले खेल २५-७, २५-२३, २५-२० ले आफ्नो पक्षमा पार्यो ।
यसअघि एपिएफले कर्णाली प्रदेश खेलकुद विकाश परिषद्लाई पराजित गरेको थियो । आर्मीले यसअघि एभरेस्ट भलिबल क्लबसँग हार बेहोरेको थियो ।
शनिबारै सम्पन्न पहिलो खेलमा साबिक विजेता पुलिसले एकतर्फी खेलमा कर्णालीलाई २५-५, २५-९, २५-११ ले हरायो ।
पुलिसले पहिलो खेलमा एभरेस्टलाई हराएको थियो । यसैगरी कर्णाली एपिएफ र न्यु डायमन्ड स्पोर्टस क्लबसँग पराजित भएको थियो ।
भिडियो
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
T-20 WORLD CUP: Nepal Vs England II Wankhede मा नेपाली समर्थकको उत्साह
विश्वकपका कमेन्टेटर Andrew Leonard ले दिए नेपाली टिमलाई शुभकामना Andrew Leonard cricket commentator
उद्घाटन खेल अघि धमाधम तयारी गरिदै Wankhede Stadium Mumbai II T20 World Cup 2026
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
