जेष्ठ १९, २०८२ आइतबार | ०४:५५:०२
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

हेल्प नेपाल र पुलिस लगातार दोस्रो खेलमा विजयी

नेपाल पुलिस क्लब, फाइल तस्विर।

काठमाडौं । साबिक विजेता हेल्प नेपाल स्पोर्टस क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले नवौं प्रधानमन्त्री कप एनभिए लिगको पुरुषतर्फ लगतारत दोस्रो जित निकालेका छन् ।

पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा शुक्रबार सम्पन्न पुरुषतर्फको‌ पहिलो खेलमा हेल्प नेपालले सुदूरपश्चिम खेलकुद परिषद्लाई ३-० को सोझो सेटमा हरायो ।

हेल्प नेपालले खेल २५-१९, २५-१७, २५-१८ ले आफ्नो पक्षमा पार्यो ।  पहिलो खेलमा  हेल्प नेपालले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमै पराजित गरेको थियो।

यसैगरी सुदूरपश्चिमको भने यो लगातार दोस्रो हार हो ।  यसअघि सुदूरपश्चिमले विभागीय टोली नेपाल एपिएफ क्लबसँग ३-० कै हार बेहोरेको थियो ।  

यता पुरुषतर्फको दोस्रो खेलमा पुलिसले कोशी प्रदेश खेलकुद विकाश परिषद्लाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

पुलिस २५-१२, २५-२९, २५-१५ ले  विजयी भयो ।  यसअघि पुलिसले मणिमुकन्द भलिबल क्लबविरुद्ध ३-० सोटकै जित दर्ता गरेको थियो ।

कोशी भने लगातार दोस्रो खेलमा पराजित भएको हो । कोशी गण्डकी प्रदेश भलिबल संघसँग ३-१ सेटमा  निरास बनेको थियो ।

शुक्रबारै सम्पन्न महिलातर्फको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले कर्णाली प्रदेश खेलकुद विकाश परिषद् तथा साबिक विजेता नेपाल पुलिस क्लबले एभरेस्ट भलिबल क्लबलाई समान ३-० को सेटमा पराजित गरेका थिए । 


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL