प्रतिभा र मान बहादुर सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौं, (खेलाडी)- राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा प्रतिभा माली र मान बहादुर श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
च्याम्पियनसिपको फाइनलमा महिलातर्फ न्यु डायमण्ड र त्रिभुवन आर्मीले उपाधी जित्दा यी दुई खेलाडीको प्रमुख योगदान थियो । दुबैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।
फाइनलमा न्यु डायमण्डले साविक विजेता एपिएफ र आर्मीले पनि साविक विजेता हेल्प नेपाल विरुद्ध जित निकालेको थियो ।
च्याम्पियनसिपको महिला र पुरुषमा व्यतिगत विधातर्फ उत्कृष्ट सर्भर आर्मीकी संगम महतो र आर्मीका दुर्गा खड्का भए ।
लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ र एपिएफका विनोद चन्द, ब्लकर आर्मीका हरि अधिकारी र एपिएफकी सरस्वती चौधरी, स्पाइकर हेल्प नेपालका विनित कुमार र आर्मीकी शान्ति थारु चुनिए ।
यस्तै सेटर न्यु डायमण्डकीअरुणा शाही र पुलिसका इम राना तथा महिलाका उत्कृष्ट प्रशिक्षक कुमार राई र पुरुषामा आर्मीका जगत सिह चुनिए ।
व्यतिगत विधातर्फका विजेताले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।