महिलातर्फ आर्मी तेस्रो

काठमाडौं, (खेलाडी)-  त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ तेस्रो भयो । 

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा आर्मी क्लबले पुलिसलाई २५-१७, २५-२०, २५-१७ को स्कोरमा हरायो ।

आजै पुरुषतर्फ तेस्रो स्थानको लागि नेपाल पुलिस र एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

 त्यस्तै महिला र पुरुष दुवै विधाको फाइनल पनि आज हुनेछ । महिलातर्फ एपिएफ र न्यु डयमण्ड तथा पुरुषतर्फ हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।