पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा 

काठमाडौं, (खेलाडी)- नेपाल पुलिस विरुद्ध सहज जित निकाल्दै साबिक विजेता टिपटप हेल्प नेपालले राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा सुरक्षित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपालले पुलिसलाई २५-१७, २५-१८,  २५- २१ को सोझो सेटमा हरायो

सेमिफाइनलको अन्तिम खेल एपिएफ र त्रिभुवन आर्मीबीच राखेपको कभर्डहलमा प्रतिस्पर्धा हुँदैछ । 

दुई टोलीको विजेताले शनिबार हेल्प नेपालसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टिम पुलिससँग तेस्रो स्थानको लागि भिड्नेछ ।