पुलिस र आर्मी सेमिफाइनलमा 

काठमाडौं, (खेलाडी)- नेपाल पुलिस  क्लब र त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला तथा पुरुष एनभिए क्लब भलबिल च्याम्पियनसिपमा महिलातर्फ सेमफिाइनल प्रवेश गरेका छन् । 

त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको महिला तर्फको खेलमा पुलिसले ढोरपाटनलाई ३-० को सोझो सेटमा हरायो । 

पुलिसले  ढोरपाटनलाई २५-१३, २५-१४, २५-११ को सेटमा हराउँदै एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो । 

पुलिसले एक खेलबाट महत्वपूर्ण तीन अंक जोडेको छ । दुई खेल खेलेको ढोरपाटन अंकवहिनि हुँदै समूह चरणबाट बाहिरियो । 

आजै भएको अन्तिम खेलमा आर्मी महिला टोलीले एभरेस्ट भललिब क्लबलाई २५-१२, २५-१३, २५-२१ को सेटमा हरायो ।

 समूह ए को  एपीएफ र समूह बी को न्यु डाइमन्ड यस अघि नै सेमफिाइनल पुगिसकेका छन् । 

भोलि (बिहीबार) च्याम्पियनसिपमा ६ खेलहरु हुनेछन् ।