न्यु डाइमन्डले एभरेष्टलाई हरायो 

काठमाडौं (खेलाडी)-  न्यु डाइमन्डले  राष्ट्रिय महिल तथा पुरुष एनभिए क्लब भलिबल च्याम्पियनसिपमा विजय सुरुआत गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिष्द (राखेप) को कभर्डहलमा मंगलबार भएकाे महिलातर्फको दोस्रो खेलमा न्यु डाइमन्डले एभरेस्ट भलिबल क्लबमाथि २५-६, २५-५, २५-१३ को जित हात पा¥यो ।

पुरुषतर्फको पहिलो खेलमा अहिले हेल्प नेपाल र प्रदेश २ खेलिरहेका छन् ।

यस्तै, दोस्रो खेल मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको हुनेछ ।  तेस्रो खेलमा त्रिभुवन आर्मी र नयाँबजार सामाजिक क्लब बीच तथा आजको अन्तिम खेलमा एपीएफ विरुद्ध बुढानिलकण्ठ भलिबल क्लबको प्रतिस्पर्धा हुनेछ ।