अशोकलाई अनलाइन तेक्‍वान्दो स्वर्ण

काठमाडौं, (खेलाडी)- काठमाडौं तेक्‍वान्दो संघका अध्यक्ष अशोक खड्काले दोस्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

४० वर्ष मुनिको उमेर समूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण पदक जितेका हुन् । यो स्पर्धामा विभिन्‍न राष्‍ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोस्रो तथा मलेसिया तेस्रो भए ।

अल्मा तेक्‍वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता जुन ३० तारिखमा भएको थियो । नतिजा भने सोमबार मात्र प्राप्त भएको खड्काले जानकारी गराए । प्रतियोगितामा विभिन्‍न १९ राष्‍ट्रका करिब ५ सय खेलाडी सहभागी थिए ।