तेक्वान्दाे

पलेशा र कविराज सम्मानित

काठमाडौं । पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती प्रदेशका अध्यक्ष केशव पुरीलगायतले सम्मान गरेका हुन् ।

पलेसाले टोकियो पारा ओम्पिकमा दुई फाइट जितेकी थिइन । उनी अन्तिम समयमा कांस्य पदक जित्नबाट चुकेकी थिइन् ।

सन् २०१६ मा दक्षिण कोरियाको मुजुमा भएकोे पारा तेक्वान्दो कोर्स उत्तीर्ण गरेपछि लामा राष्ट्रिय पारा तेक्वान्दोको प्रशिक्षणमा संलग्न रहँदै आएका छन्  । कविराज अन्तराष्ट्रिय पारा तेक्वान्दो कोचको लेबल–२ कोर्स पूरा गर्ने एक्ला प्रशिक्षक हुन् ।