प्रथम नेपाल ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता

प्रथम नेपाल एपिएम खुल्ला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता

काठमाडौं । नेपाल ए.पी.एम टेबल टेनिस क्लबको आयोजनामा पुस पहिलो साताबाट ‘प्रथम नेपाल एपिएम खुल्ला टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ ।

ललितपुरको भैंसीपाटीमा तीन दिनसम्म चल्ने प्रतियोगितामा पुरुष एकल, महिला एकल, मिक्स डबल, पुरुष भेट्रान्स एकल (४० वर्षमाथि), पुरुष भेट्रान्स एकल (५० वर्षमाथि), पुरुष भेट्रान्स एकल (६० वर्षमाथि), छात्र एकल यु १६ र छात्रा एकल यु १६ मा गरि आठ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विभागीय तीन टोली नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपिएफ) र स्थानीय क्लबका गरी कुल तीन सय २० खेलाडीले सहभागी रहनेछन् ।

प्रतियोगितामा पुरुष र महिला एकलका विजेताले समान १० हजार रुपैंया, उपविजेताले पाँच हजार रुपैंया र तेस्रो स्थानका दुई खेलाडीले दुई हजार पाँच सय रुपैंया प्राप्त गर्नेछन् ।

सबै विधाका विजेताले सिओम टेबल टेनिस नेपालद्धारा पाँच लाख रुपैंया बराबरको टेबल टेनिस सामग्री प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई सांग्रिला डेभलपमेन्ट बैंकले मुख्य प्रयोजन गरेको छ भने सह प्रयोवकको रुपमा पूर्णशंकर श्रेष्ठ रहेका छन् ।