वैशाख २८, २०८२ आइतबार | २२:१८:०१
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

खुला बहसमा खेलाडीको मानसिक स्वास्थ्य

टोकियो, (खेलाडी) – टोकियो ओलम्पिक २०२० कोभिड १९ संक्रमण र त्यस कारण लागेको स्वास्थ्य संकटकालका कारण ओलम्पिक इतिहासमा विशेष स्थान राख्नेछ । यसका साथै टोकियो ओलम्पिकले खेलाडीको मानसिक स्वास्थ्यलाई समेत समेत खुला बहसमा ल्याएको छ ।

अमेरिकाकी जिम्न्यास्टिक स्टार सिमोनी बाइल्सले आफूले प्रतिस्पर्धा गर्ने ६ मध्ये १ विधामा मात्र प्रतिस्पर्धा गरिन् । स्वर्ण दाबेदार मानिएकी बाइल्सको टोकियो ओलम्पिक यात्रा अन्ततः एक कांस्य पदकका साथ अन्त्य भयो । उनले मानसिक रूपमा फिट नभन्दै अन्य ५ विधाबाट नाम फिर्ता लिएकी थिइन् । त्यस्तै ब्रिटेनका एडम पिइटेले पनि मानसिक रूपमा फिट रहनैका लागि महिना दिन खेलबाट विश्राम लिने घोषणा गरे ।

बाइल्सको केही विधा छोड्ने निर्णयको धेरैले सराहना गरे पनि केहीले उनको निर्णयप्रति आपत्ति जनाएका थिए ।

‘मेरो मानसिक र शारीरिक स्वास्थ्य पदकभन्दा माथि छ,’ ओलम्पिक इतिहासमा ४ स्वर्णसहित कुल ७ पदक विजेता २४ वर्षीया बाइल्सले आफ्नो निर्णयबारे बताएकी थिइन् । त्यस्तै एडम पिइटेले पनि आफूमाथि पदक जित्नैपर्ने चरम दबाब रहेको भन्दै प्रतियोगितापछि मानसिक रूपमा स्वस्थ हुनकै लागि करिब एक महिना खेलबाट अलग हुने बताएका थिए ।

‘यो सहज निर्णय होइन,’ पिइटेले ट्विट गरेका थिए, ‘पदक जित्नका लागि धेरै दबाब हुन्छ । पैसाले खुसी किन्न सकिँदैन । त्यसैले म एक महिना विश्राम लिँदै छु । पछिल्लो सात वर्षमा मैले वार्षिक रूपमा दुई साताभन्दा कम समयको बिदा पाइरहेको छु, जुन ज्यादै कम हो ।’ 

पिइटेले टोकियो ओलम्पिक २०२० मा २ स्वर्ण र १ रजत पदक जितेका थिए । अमेरिकाका लागि पौडीमा ५ स्वर्ण जितेका सिलेव ड्रेसेलले पनि आफूलाई प्रतियोगितामा धेरैभन्दा धेरै स्वर्ण जित्न दबाब दिइएको खुलासा गरेका थिए ।

‘मबाट धेरैभन्दा धेरै पदकको आशा गरियो, त्यसले ममाथि दबाब सिर्जना गर्‍यो,’ ड्रेसेलले भनेका थिए, ‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो । तर सञ्चारमाध्यमले मलाई अग्रज खेलाडीको कीर्तिमानसँग तुलना गरेर दबाब दिए ।’

हालैका दिनमा खेलाडीहरूले मानसिक स्वास्थ्यकै कारण प्रतियोगिताहरू बीचमै छोडेका घटना पनि बाहिर आइरहेका छन् । जापानकी नाओमी ओसाकाले मानसिक स्वास्थ्यका कारण फ्रेन्च ओपनको तेस्रो चरणबाट नाम फिर्ता लिएकी थिइन् । केही दिनअघि मात्र इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले पनि मानसिक रूपमा फिट नरहेको भन्दै अनिश्चित समयका लागि सबैखाले क्रिकेट गतिविधिबाट अलग भएको घोषणा गरेका थिए । 

‘मेरो लक्ष्य टोकियो ओलम्पिक २०२० मा आफ्नो छाप छोड्ने थियो, जुन सफल भयो । तर सञ्चारमाध्यमले मलाई अग्रज खेलाडीको कीर्तिमानसँग तुलना गरेर दबाब दिए,’ ड्रेसेल ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP