असार ३१, २०८२ मंगलबार | ०८:४४:०९
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

एनएसजेएफका संस्थापक सदस्य क्षितिज अरुण श्रेष्ठको निधन

काठमाडौं । वरिष्ठ खेल पत्रकार तथा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का संस्थापक सदस्य क्षितिज अरुण श्रेष्ठको निधन भएको छ ।

श्रेष्ठको आइतबार राति ८ः३० बजे पाटन अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ५५ वर्षिय उनी लामो समयदेखि बिरामी थिए ।

विसं २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको स्थापना हुँदा ११ जना संस्थापक सदस्यमध्ये एक रहेका श्रेष्ठले नेपाली खेलकुद पत्रकारितामा ठूलो योगदान पुर्याएका थिए ।

काठमाडौंको ढल्कोमा जन्मिएका श्रेष्ठले फोटो पत्रकारको रूपमा करिब दुई दशक नेपाली खेल पत्रकारितामा सक्रिय रहे ।

श्रेष्ठ नेपाल ओलम्पिक संग्रहालयका संस्थापक पनि हुन् । साथै उनले नेपाल डाटा एन्ड रिसर्च सेन्टरको स्थापना गरी खेलकुदसम्बन्धी विभिन्न पुस्तकहरू प्रकाशन गरेका थिए ।

पछिल्लो समय उनी नेपाल स्टिक स्पोर्टस संघका महासचिव तथा बिजनेस डाटा नेपाल प्रालिका प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए ।

श्रेष्ठको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायत खेलकर्मी तथा पत्रकारको उपस्थिति थियो ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH