असार १८, २०८२ बुधबार | ००:१४:२४
जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य जानिक सिनर दोस्रो चरणमा पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य

एनएसजेएफको नयाँ कार्यसमितिलाई राखेप कर्मचारी संघको स्वागत

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बिहिबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को नयाँ कार्यसमितिलाई स्वागत गर्दै बधाइ तथा शुभकामना दिएको छ ।

राखेप कर्मचारी संघको कार्यालयमा राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीलाई मायाको चिनोस्वरुप सम्मान पत्र प्रदान गरिन् । यसैगरी  कार्यसमितिका अन्य पदाधिकारी र सदस्यलाई खादा ओढाएर स्वागत गरिन् ।

गत बैशाख २५ गते एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

पदेन सदस्यका रुपमा एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र नेपाल पत्रकार महास‌ंघको एसोसिएट प्रदेशका उपाध्यक्ष ध्रुवकुमार तुलाधर रहेको कार्यसमितिमा पछि प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरिएको थियो । शाक्यले एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।

कर्मचारी संघकी अध्यक्ष भण्डारीले राखेप कर्मचारी र खेल पत्रकारको कार्य क्षेत्र फरक भए पनि उदेश्य भनेको एउटै रहेको बताइन् । उनले नेपाली खेलकुदको विकाशका लागि दुवै पक्ष परिपूरक रहेको पनि जिकिर गरिन् ।

यसैगरी राखेप कर्मचारी संघका पूर्व अध्यक्ष रञ्जन थापाले खेल पत्रकारबाट राखेपका कर्मचारीको समस्याका बारेमा पनि समाचार आउनुपर्ने विचार व्यक्त गरे ।

यसैरी एनएसजेएफका अध्यक्ष अधिकारीले खेल पत्रकार राखेपसँग अलग भएर अगाडि बढ्न नसक्ने बताए । ‘खेल पत्रकारको सबभन्दा पहिलो प्राथमिकता खेल र खेलाडी हो त्यसपछि कर्मचारी र अन्य विविध पक्षमा हाम्रा ध्यान जान्छ । त्यसैले कार्मचारीको समस्यामा विषयमा हामीले खासै चासो दिन सकिरहेका छैनौं । राखेप र एनएसजेएफ दुवै संस्था नेपाली खेलकुदको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढिरहेका छौं । राखेससँगको सहकार्यविना खेल पत्रकारिताको विकास सम्भव छैन,’अध्यक्ष अधिकारीले भने ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3