काठमाडौँ । नेपाल नम्बर एक स्क्वास खेलाडीद्वय अरहान्त केशर सिंह र विपना ब्लोनले १३औँ एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियनसिपको उपाधि जितेका छन् ।
शनिबार नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा सातदोबाटोस्थित स्क्वास कोर्टमा बागमती प्रदेशका अरहान्तले मधेश प्रदेशका दीपक थापालाई फाइनलमा ११-६, ११-७ र ११-५ ले हराउँदै पुरुष एकल उपाधि जिते ।
यसैगरी महिला एकलतर्फ बागमतीकी विपनाले दोस्रो वरीयताकी बागमतीकै स्वस्थानी श्रेष्ठलाई १२-१०, ११-७ र ११-७ को सोझो सेटमा हराइन् ।
गत महिना प्रथम बागमती प्रेसिडेन्ट स्क्वास प्रतियोगिताको फाइनलमा पनि स्वस्थानीलाई हराउँदै विपना च्याम्पियन बनेकी थिइन् । पुरुष एकलतर्फको उपाधि अरहान्तले नै जितेका थिए ।
प्रतियोगितामा बागमतीले पुरुष र महिला टिम इभेन्टमा पनि स्वर्ण पदक जितेको थियो ।
भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3