असार १७, २०८२ मंगलबार | २०:५२:४५
पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध पाकिस्तान र बंगलादेशको ‘ए’ टोलीले पनि टप एन्ड ट्वान्टी-२० शृंखला खेल्ने कर्णाली याक्सले गर्यो गुल्शन र नन्दनसहित ६ खेलाडी रिटेन शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने एनओसीलाई सरकारको जवाफः ‘जापान एसियाडका लागि ३० होइन, ३१ खेल दर्ता गरिसक्यौं’ जापान एसियाडमा नेपालबाट ३० खेल दर्ता, तेक्वान्दो र फुटबल छैन रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध

उपधिका लागि विपना र स्वस्थानी भिड्ने

काठमाडौं । शीर्ष दुई खेलाडी विपना ब्लोन र स्वस्थानी श्रेष्ठ १३औं एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगतामा  महिला एकलको उपाधिका लागि भिड्ने भएका छन् ।  

नेपाल स्क्वास र्याकेट्स संघको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार  नेपाल नम्बर एक विपनाले समीक्षा श्रेष्ठलाई ११-०, ११-४, ११-३ तथा दोस्रो वरियताकी स्वस्थानीले अस्मिता नगरकोटीलाई ११-३, ११-५, ११-४ ले हराए ।

यसअघि, सोही दिन भएको क्वार्टरफाइनलमा  विपनाले डोल्मा लामालाई ११-४, ११-५, ११-१ स्वस्थानीले रनसा महर्जनलाई ११-५, ११-३ १२-१०, अस्मिताले साक्षी सुनुवारलाई ११-५, ११-७ ११-६ र समीक्षाले नियुक्ती श्रेष्ठलाई ७-११, ६-११, ११-९, ११-५, १३-११ ले पराजित गरेका थिए ।

यसैगरी नेपालका नम्बर एक अरहन्तकेशर सिम्ह पुरुष एकलको फाइनलमा पुगेका छन् । अरहन्तले सेमिफाइनलमा नैन बहादुर मगरलाई  ११-२, ११-३, ११-४ ले हराए ।

शुक्रबारै क्वार्टरफाइनलमा अरहन्तले हेलिस श्रेष्ठलाई ११-६, ११-५ ११-५ तथा नैनबहादुरले जान जिसीलाई ११-४, ११-४,११-४ ले पराजित गरेका थिए ।

अरहन्तले उपाधिका लागि दीपक थापा र पासाङ ब्लोनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टरफाइनलमा दीपकले आभन श्रेष्ठलाई ११-३, ११-४,११-७ तथा पासाङले सुर्यकुमार राईलाई ११-५ ११-९, ११-८ ले निराश बनाएका थिए ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3