असार ३१, २०८२ मंगलबार | ०८:३८:२२
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

मनिता, दिलकुमारी, प्रमोद र सञ्जितलाई उपाधि

महिला ५७ केजीमुनिमा पदक विजेता खेलाडी ।

काठमाडौं । मनिता श्रेष्ठ प्रधान, दिलकुमारी छन्त्याल,, प्रमोद मण्डल र सञ्जित डंगोलले खुला जुडो च्याम्पियनसिप ‘बेस्ट अफ दि बेस्ट’ को उपाधि जितेका छन् ।

बहुउदेश्यीय मार्शल आर्ट केन्द्र, खुसीबुँमा सम्पन्न प्रतियोगिताको महिला ५७ केजीमुनिमा नेपाल प्रहरीकी मनिताले प्राइम जुडोकी पेमा याङजी शेर्पालाई पराजित गर्दै स्वर्ण पदक जितिन् । प्रहरीकै प्रतिभा पुलामी मगर र एपिएफकी रत्ना तामाङले कांस्य पदक हात पारे ।

महिला ७८ केजीमुनिमा दिलकुमारीले आर्मी क्लबकी निर्मला घर्ती मगरलाई निरास बनाउँदै पहिलो स्थान हासिल गरिन् ।  प्रहरीकी निशा चौधरी र आर्मीकी सविना श्रेष्ठले तेस्रो स्थानमा रहे ।

पुरुष ७३ केजीमुनिमा एपिएफका प्रमोदले रसुवाका सुनील नगरकोटीलाई हराउँदै स्वर्ण पदक जिते । यस समूहमा धीरेन्द्र थारु र भुटानका तान्दिन वाङचकुले कांस्य पदक हात पारे ।

पुरुष १०० केजीमुनिमा प्रहरीका सञ्जितले आफ्नै क्लबकै मधु रोकामगरलाई हराउँदै पहिलो स्थान हासिल गरे । प्रहरीका धनबहादुर आले र आर्मीका राजेश चौधरी तेस्रो भए ।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवाल र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले विजेतालाई पुरस्कार वितरण गरेका थिए । 

प्रतियोगितामा नेपालका सशस्त्र प्रहरी बल (एपिएफ), क्लोज प्रोटेक्सन जुडो डोजो (सिपिजे), मल्टिपर्पोज मार्शल आर्ट सेन्टर (एमएमएसी), नेपाल प्रहरी क्लब, प्रिजनर्स असिस्टेन्स मिसन (प्याम) प्राइम जुडो डोजो (पिजेडी), पारा जुडो डोजो, रसुवा, त्रिभुवन आर्मी क्लब, फोर्स जुडो क्लब (भुटान) र जुडो क्लब रिज्मोन्ड (नेदरल्यान्ड्स) को सहभागिता  थियो । 


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH