जेष्ठ ३१, २०८२ शुक्रबार | १०:१०:५१
म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान म्याथ्युस कुन्हा म्यानचेस्टर युनाइटेडमा अनुबन्ध थोमस फ्र्यांक टोटनहमको मुख्य प्रशिक्षक अस्ट्रेलिया २१८ रनले अगाडि बिली जिन किङ कपमा नेपाल सहभागी हुने उसुमा बागमतीलाई चार स्वर्ण एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एन्फाको स्वागत उपाधिका लागि बागमती र मधेश भिड्ने नेपालले पहिलो पटक टेस्ट राष्ट्रसँग शृंखला खेल्ने साफ यु-२० महिला च्याम्पियनसिपः नेपालले पहिलो खेलमा भुटानको सामना गर्ने राष्ट्रपति रनिङ सिल्डमा बिहीबार चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान

पुरुषोत्तम चौलागाईंलाई उपाधि

काठमाडौं । प्रथम राष्ट्रब्यापी रेटिङ बुद्धिचालको उपाधि सिएम पुरुषोत्तम चौलागाईंले हात पारेका छन् ।

फिडे मास्टर रुपेश जैशवालसँग समान आठ अंक नै रहे पनि पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम प्रोग्रेसिभ प्वाइन्टका आधारमा च्याम्पियन बने ।

आठ जित र एक हारको नतिजा निकालेका पुरुषेत्तमले महत्त्वपूर्ण अन्तिम खेलमा धिरेन राईलाई पराजित गरे । उनले ५१ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल च्याम्पियन रुपेशले अन्तिम खेलमा राजेन्द्र राईलाई हराउँदै ३५ हजार रुपैयाँ हात पारेका छन्।

तेस्रो स्थानमा रहेका सिएम नवीन तण्डुकार ३० हजार रुपैयाँ हात पारे । पूर्व नेपाल च्याम्पियनले नवौं चरणको खेलमा सरोज महर्जनलाई हराएका थिए ।

अन्तिम चरणको खेलमा पुरुषोत्तमसँग हार बेहोरेका धिरेनले चौथो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । इम्बुङले पाँचौ स्थानमा रहेर २० हजार हात पारे ।

छैटौंमा रहेका राजन पुरीले १५ हजार र सातौ स्थानमा रहेका पुर्व नेपाल च्याम्पियन राजन सुवेदीले १४ हजार रुपौयाँ पाए ।

यसैगरी आठौं देखि १०औं स्थानसम्म रहेका राजेन्द्र राईले १३ हजार, मुहान नर्सिङश्रेष्ठले १२ हजार र  निलम बस्नेतले ११ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै शीर्ष १५ भित्र अटाउन सफल सुजन काफ्लेले १० हजार, चुडामणी कुलुङ राईले ८ हजार , किरण लिम्बुले ७ हजार तथा अविरल राई र सुरज रोयले समान ६ हजार रुपैयाँ  हात पारेका छन् ।

नवप्रवेशीमा जीवन राई, सिनियरमा वसन्त लामा, महिलामा कृतिसारा अधिकारी, झापा जिल्लामा राज लिम्बु, रेटिङमा १६ सयमा डा.सन्तोष प्रसाद साह, १८ सयमा विनय थापा, यु१४ मा  कृष्णप्रसाद भारती यु१८ मा सम्यक श्रेष्ठ उत्कृष्ट बनेका छन् ।

स्थानीयतर्फ विष्णुप्रसाद पाठक, राज श्रेष्ठ, क्षितिज लिम्बु, महिलामा विनिता राई , स्कुलतर्फ आदर्श रिजाल, निश्चल पाठक, सुलभ ओझा , प्रदेशतर्फ विश्वविजय घिमिरे, अनुशासित हरिकुमार गुरुङ, फरक क्षमतामा लक्ष्मीप्रसाद कन्दङ्वा उत्कृष्ठ ठहरिए । 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?