जेष्ठ २०, २०८२ सोमबार | १६:२२:०९
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बिदाइ स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल कोर्टुवाले नर्थ म्यासेडोनिया र वेल्सविरुद्धको खेल गुमाउने कुशल देउवा र सृजनराज गौतम पहिलो पटक राष्ट्रिय टोलीमा एकदिवसीय अन्तर्राष्ट्रियबाट ग्लेन म्याक्सवेलको संन्यास अल्कारेज चौथो चरणमा बंगलादेशविरुद्ध पाकिस्तानको ‘क्लिन स्विप’ नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दै थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाल इङ्ल्यान्डलाई एकदिवसीय शृंखला

एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई एनओसीको स्वागत

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को नवनिर्वाचित कार्यसमितिलाई बुधबार स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

गत महिना एनएसजेएफको २०औं साधारण सभा तथा निर्वाचनले निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो ।

पदेन सदस्यका रुपमा एआईपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी र नेपाल पत्रकार महास‌घको एसोसिएट प्रदेशका उपाध्यक्ष ध्रुवकुमार तुलाधर रहेको कार्यसमितिमा पछि प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्लेलाई सदस्यमा मनोनित गरिएको थियो । शाक्यले एनएसजेएफ प्रवक्ताको जिम्मेवारी पनि पाएका छन् ।

स्वागत कार्यक्रममा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक अभियानलाई प्रवर्धन गर्न दुवै संस्थाले आ-आफ्नो दायरा भित्र रहेर सहकार्य गर्दै आएको बताए ।

उनले एनओसीलाई लिएर अहिले भइरहेको विवादमा पक्षविपक्षबीचको सीमाङ्कन ‘क्लियर’ गरेर नेपाली खेलकुदलाई स्थापित गर्नुपर्ने धारणा पनि राखे। अध्यक्ष श्रेष्ठले नेपालको खेलकुदलाई सही बाटोमा लग्न, नेपाली खेलाडीलाई उन्नत बनाउन र खेलको महत्वलाई बुझाउन जिम्मेवारीपूर्वक अगाडि बढीरहेको भन्दै नेपाली खेल पत्रकारको प्रशंसा पनि गरे ।

यसैगरी एनओसीका महासचिव राजीव श्रेष्ठले सरकारी निकायमा रहेका व्यक्तिको अहंम र अदुदर्शीता नेपाली खेलकुदको समस्या रहेको कारण खेलाडीको भविष्य अन्योलमा परेको बताए । उनले आफूहरू सरकार विरोधी नभएको प्रष्टोक्ति दिँदै सरकारसँग हातेमालो गरेर नेपाली खेलकुदलाई विश्वसामु लग्न आतुर रहेकाे बताए । खेलाडीको हकहितका लागि काम गर्ने आफूहरुको चाहनामा सरकारबाट सकारात्मक सहयोगको अपेक्षा राखेकाे महासचिव श्रेष्ठको भनाई थियो ।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले एनओसी र एनएसजेएफ अन्तर्राष्ट्रिय संरचनमा हेर्दा समान प्रकृतिको संस्था रहेको भन्दै दुवै संस्थाको सहकार्यको शृंखला लामो भएको बताए । उनले नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय मायन्ताप्राप्त ओलम्पिक कमिटीसँग सँधै सहकार्य गर्दै आएको बताउँदै नेपाली खेलकुदलाई आवश्यक पर्दा मञ्च सधै अग्रपंक्तिमा रहेर काम गर्न तत्पर रहेको बताए ।

सो  क्रममा विगतमा सरकार र एनओसीबीचको समस्याका कारण नवौं  साफमा नेपालको सहभागिता अन्योलमा रहँदा मञ्चको पहलकदमीमा समस्या समाधान भएर पाकिस्तानको इस्लामाबादमा नेपाली झण्डाको उपस्थिति गराएको स्मरण गरे ।

अध्यक्ष अधिकारीले पत्रकारिताको स्वरुप फरक भइरहेको अहिलेको डिजिटल युगमा नेपाली खेल पत्रकारहरुलाई अझ क्षमतावान बनाउन मञ्चको प्रयास रहने धारणा पनि राखे ।


भिडियो
दिनप्रति दिन टोली राम्रो हुँदै गएको छ ll KIRAN CHEMJONG
हङकङ र लाओसविरुद्धको खेलअघि के भन्छन् मुख्य प्रशिक्षक : Matt Ross
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC