जेष्ठ १९, २०८२ आइतबार | ०४:४९:२०
रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल रियाल मड्रिड विश्वकै सबैभन्दा धनी फुटबल क्लब विल्सन, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन जोन हाइटिङ्गा आयाक्सको मुख्य प्रशिक्षक सिनर चौथो चरणमा खडकबहादुर र सन्तोषी च्याम्पियन मुम्बई दोस्रो क्वालिफायरमा, बाहिरियो गुजरात नेपालमा रंगशाला होइन, चारैतिर मैदान चाहियो भ्रम चिरेर अघि बढ्दै रग्बी पुस्तक अंश, स्वर्णकथा: नेपाली फुटबलको इन्टरविरुद्ध पिएसजीः अनपेक्षित च्याम्पियन्स लिग फाइनल

दीप सुवेदी र बीपी अनमोलको आलेखलाई ‘स्पेशल मेन्सन’

काठमाडौं । मोरक्कोको राजधानी राबतमा मंगलबार सम्पन्न एआइपिएस स्पोटर्स मिडिया अवार्ड २०२४ को ‘वेस्ट इन्भेस्टिगेन’ विधामा नेपालका पत्रकारद्धय दीप सुवेदी र बीपी अनमोलको लेखले ‘स्पेशल मेन्सन’ प्राप्त गरेको छ ।

उनीहरुले उकालो डट कममा संयुक्तरुपमा लेखेको ‘१६ वर्षदेखि फरार अभियुक्त एन्फाको उपाध्यक्ष, लागूऔषध कारोबारमा तोकिएको थियो ५ वर्ष कैद’ लेखका लागि स्पेशल मेन्सन दिइएको हो ।

एआइपिएस स्पोर्टस मिडिया अवार्डमा कुनै पनि विधाको शीर्ष तीनमा नरहेका तर राम्रो आलेखहरुलाई ‘स्पेशल मेन्सन’मा उल्लेख गरिन्छ ।

यसअघि नेपालका खेल पत्रकार गोविन्दराज नेपाल र नमिन ढकालको आलेख पनि ‘स्पेशल मेन्सन’मा परेका थिए । सन् २०२० को हंगेरीमा भएको एआइपिएस स्पोर्टस मिडिया अवार्डमा प्रज्वल ओलीको लेखले ‘वेस्ट कोलम’ विधामा अवार्ड जितेको थियो । उनी एआइपिएस अवार्ड जित्ने एसियाको पहिलो पत्रकार  हुन् ।

एआइपिएस स्पोर्टस मिडिया अवार्ड खेल पत्रकाको विश्व संस्था एआइपिएसले हरेक वर्ष प्रदान गर्ने खेल पत्रकारको सबैभन्दा ठूलो अवार्ड कार्यक्रम हो ।

यसमा शीर्ष ३ मा पर्ने विधाका विजेताले क्रमशः ८ हजार, ३ हजार र २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।

विभिन्न १२ विधामा प्रदान गरिने अवार्डका लागि यस वर्ष १३६ देशबाट २ हजार ६५ पत्रकारले आलेख, फोटो, भिडियो, अडियोमा प्रतिस्पर्धा गरेका थिए ।


भिडियो
शहिद स्मृति राष्ट्रिय रग्बी सेभेन्स महिला प्रतियोगिता सोमबारबाट ll
‘बी’ डिभिजन लिगको उपाधि जितेपछि के भन्छन् PLANNING BOYS UNITED का खेलाडी तथा प्रशिक्षक II
ROSHAN KHADKA RETIRES II खेलाडीको प्रश्नः खोइ त फुटबल ? ।I SHREE KUMARI II B DIVISION
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL