काठमाडौं । चेल्सीको ‘फ्लप’ देखि ‘इजिप्सियन किंग’ सम्म । फुटबल करियरमा मोहम्मद सलाहको यो यात्रा कुनै फिल्मी कहानीभन्दा कम छैन ।
सन् २०१७ मा ३४ मिलियन पाउन्डमा रोमबाट लिभरपुल आइपुग्दा सलाहको यो रकममा समर्थकका निम्ति सन्तोषजनक थिएन । उनी चेल्सीमा प्रभाव जमाउन असफल थिए । जहाँ उनले १९ खेलपछि सहकार्यमा पूर्णविराम लगाए ।
पछिल्ला सात सिजनमा सलाहले प्रत्येक सिजन कम्तिमा २० गोल गरेका छन् ।
चेल्सीमा प्रभाव जमाउन नसके पनि उनले इटालीमा भने केही लय समाते । लोनमा फियोरेन्टिनाबाट इटालीमा करियर सुरु गरेका सलाह त्यसपछि रोमामा अनुबन्धित भए । तर, फिनिसिङले अझै लय समात्न नसक्दा उनको प्रदर्शनले चर्चा पाउन सकेन ।

तर, एनफिल्डको पहिलो सिजनमै ४४ गोल गरेपछि भने सलाहले यी सबै प्रश्न र शंकालाई एकैसाथ अन्त्य गरिदिए । लगत्तै उनले नयाँ उपनाम पाए, ‘इजिप्सियिन किंग’ । सलाहको आगमनपछि लिभरपुलले ११ वर्षपछि च्याम्पियन्स लिग फाइनलसम्मको यात्रा तय गर्यो ।
उत्कृष्ट तथ्यांक
त्यसयता लिभरपुलमा बिताएका पछिल्ला सात सिजनमा सलाहले प्रत्येक सिजन कम्तिमा २० गोल गरेका छन् । यही प्रदर्शनले उनलाई लिभरपुलको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत बनाएको छ । उनले लिभरपुलबाट ३९४ खेल खेल्दा २४३ गोल गरेका छन् ।
सलाह १८४ गोलसहित प्रिमियर लिगमा पाँचौँ सबैभन्दा धेरै गोल गर्ने खेलाडीसमेत हुन् । आगामी खेलमा गोल गरे सलाह प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने विदेशी खेलाडीसमेत बन्नेछन् ।
। जारी सिजन लिभरपुलबाट ३१ खेल खेल्दा सलाहले २७ गोल र १७ असिस्टसहित गोल र असिस्टको संयुक्त संख्यालाई ४४ पुर्याइसकेका छन् ।
गोलसँगै असिस्टमा पनि सलाहको तथ्यांक लोभलाग्दो छ । प्रिमियर लिगमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडीको शीर्ष १० भित्र रहेका सलाहले ८६ असिस्ट गरेका छन् । यसले निसन्देह सलाहलाई प्रिमियर लिगमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा उभ्याएको छ ।

प्रिमियर लिगको एकै सिजन सबैभन्दा धेरै गोल र असिस्ट गर्ने कीर्तिमान एलन सेरर र एन्डी कोलको नाममा छ । यी दुवैले एकै सिजन गरेको गोल र असिस्टको संख्या ४७ छ ।
यो कीर्तिमानमा पनि सलाहको बलियो चुनौती छ । जारी सिजन लिभरपुलबाट ३१ खेल खेल्दा सलाहले २७ गोल र १७ असिस्टसहित गोल र असिस्टको संयुक्त संख्यालाई ४४ पुर्याइसकेका छन् । सेरर र कोलको कीर्तिमान तोड्न सलाहलाई अब सात खेलमा तीन गोल वा असिस्टको आवश्यकता छ ।
सलाह ‘प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर अफ दी इयर’ कीर्तिमानी तेस्रो पटक जित्ने सम्भावना उच्च छ । थिएरी हेनरीको नाममा रहेको प्रिमियर लिग गोल्डेन बुट चार पटक जित्ने कीर्तिमानमा पनि सालाहले यो वर्ष बराबरी गर्न सक्छन् ।
इजिप्टमा सलाहको प्रभाव क्लबकोभन्दा पनि बलियो छ । तर, उनले अझैसम्म कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इजिप्टलाई उपाधि दिलाउन सकेका छैनन् ।
तर, सलाह आफै भने व्यक्तिगतभन्दा पनि टिमको उपाधि जित्ने चाहना रहेको सुनाउँछन् । ‘टिमले कुनै उपाधि जित्दा खेलाडीले गोल गरेको छ, गोलमा सहयोगरेको छ वा जितमा संलग्न छ भने मात्रै समर्थकले स्मरण गर्नेछन्,’ सालाहले भने, टिमले कुनै उपाधि नजित्दा व्यक्तिगत अवार्ड पाउनुले कुनै अर्थ राख्दैन ।’

सलाहको करियरमा दोस्रो प्रिमियर लिगको उपाधि धेरै पर छैन । उनले यसअघि नै लिभरपुलबाट च्याम्पियन्स लिग, एफए कप, दुई पटक लिग कप, फिफा विश्वकप र युइएफए सुपर कपको उपाधि जितिसकेका छन् ।
इजिप्टमा सलाहको प्रभाव क्लबकोभन्दा पनि बलियो छ । तर, उनले अझैसम्म कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा इजिप्टलाई उपाधि दिलाउन सकेका छैनन् । उनी दुई पटक अफ्रिकी कप अफ नेसन्सको फाइनलमा पुगेर पनि उपाधिबाट चुकिसकेका छन् ।
सन् २०१७ मा यस प्रतियोगिताको फाइनलमा इजिप्ट क्यामरुनसँग २-१ ले पराजित भयो । यस्तै, २०२२ मा पनि सलाहको टोलीले फाइनलमा सेनेगलसँगको पेनाल्टी सुटआउटमा निरासा बेहोर्यो ।
इजिप्टबाट ५८ गोल गरिसकेका सलाह देशको कीर्तिमानी गोलस्कोरर बन्न नौ गोलमात्र पछि छन् ।
त्यो समय लिभरपुलका दुई सुपरस्टार सहकर्मीको भिडन्तमा, साडियो मानेले निर्णायक पेनाल्टी हाने । जसले अन्तिममा पेनाल्टी प्रहार गर्ने सालाहको योजनालाई विफल बनायो ।
विश्वकपमा पनि उनको प्रभाव अझ सीमित रह्यो । सन् २०१८ को विश्वकपमा लामो चोटपछि मैदानमा फर्किए पनि, च्याम्पियन्स लिगमा सर्जियो रामोसको ट्याकलले उनको उपस्थितीलाई बलियो बन्न दिएन ।

त्यसको चार वर्षपछि, इजिप्ट कतारमा आयोजना भएको २०२२ विश्वकपमा पुग्नसमेत असफल रह्यो । जतिबेला फेरि सेनेगलसँगको पेनाल्टी सुटआउटमा हार्दा सलाहले आफ्नो पेनाल्टी चुकाए ।
यद्यपि, उनले निकट भविष्यमा आफ्नो कीर्तिमान सुधार्ने अवसर पाउने सम्भावना छ । डिसेम्बर र जनवरीमा मोरोक्कोमा हुने एफकोन, अनि २०२६ मा आयोजना हुने विस्तारित विश्वकपमा उनलाई अवसर छ । इजिप्टबाट ५८ गोल गरिसकेका सलाह देशको कीर्तिमानी गोलस्कोरर बन्न नौ गोलमात्र पछि छन् ।