काठमाडौं । गोर्खाली रग्बी क्लबका विजय खड्का राष्ट्रिय फिफ्टिन्स रग्बी च्याम्पियनसिपको सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । उनले र १५ हजार रुपैयाँ प्राप्त गरे ।
विजयीले मंगलबार सम्पन्न प्रतियोगितामा गोर्खालीलाई लगातार दोस्रो पटक च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
मंगलबार लिग चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध ५५-० को एकतर्फी जित दर्ता गरेको थियो । यसैगरी विभागीय डर्बीमा नेपाल एपिएफ क्लबविरुद्ध १९-७ को जित निकाल्दै त्रिभुवन आर्मी क्लब उपविजेता बन्यो ।
विजेता गोर्खाली रग्बीले २ लाख २२ हजार २२२ र उपविजेता आर्मीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।
च्यासल रंगशालामा सम्पन्न प्रतियोगिताका विजेता खेलाडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, राखेप सदस्य कमल भट्टराई, नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरेलगायतले पुरस्कार वितरण गरेका थिए ।
नेपाल रग्बी संघको आयोजनामा सम्पन्न प्रतियोगितामा सहभागी यी चार टोलीले राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिताबाट दुई महिनापछि नेपाल र बंगलादेशबिच काठमाडौंमा हुने फिफ्टिन्स रग्बी श्रृंखलाको लागि खेलाडी छनोट गरिने नेपाल रग्बी संघले जनाएको छ।