असार ३१, २०८२ मंगलबार | ०८:१३:१३
राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने प्लनिङ ब्वाइजलाई हराउँदै पुलिस शीर्ष स्थानमा उक्लियो फ्रेन्ड्सले आर्मीलाई हरायो कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल सिक्कालाई एभिएमको बिदाई चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि चेल्सी क्लब विश्वकप च्याम्पियन नेपालमा पहिलो पटक महिला भलिबल खेलाडीको अक्सन हुने अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो हिमालयन शेर्पा

सुर्वण श्रेष्ठ र भानु चन्द राखेप कार्यकारी बोर्ड सदस्यमा नियुक्त

नवनियुक्त राखेप कार्यकारी बोर्ड सदस्य सुवर्ण श्रेष्ठ(बायाँ) र भानु चन्द ।

काठमाडौं । सुवर्ण श्रेष्ठ र भानु चन्द राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी सदस्यमा नियुक्त भएका छन् । मंगलबार राखेपको १२०औं  बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो ।

मदन भण्डारी स्पोर्टस फाउन्डेसनमा आबद्ध श्रेष्ठलाई एमालेले कार्यकारी सदस्यमा सिफारिस गरेको हो । नेपाल हक्की संघको महासचिव पनि रहेकी श्रेष्ठले यसअघि राखेप बोर्ड सदस्यको रूपमा काम गरिसकेकी छन् ।

यस्तै नेपाली कांग्रेसको कोटाबाट चन्द कार्यकारी सदस्यमा नियुक्त भएका छन् । नेपाल तेक्वान्दा संघका उपाध्यक्ष चन्द यसअघि बोर्ड सदस्य थिए ।

कार्यकारी समितिमा यसअघि नै कमल भट्टराई सदस्यमा नियुक्त भैसकेका छन् । सोमबार मात्र मन्त्री चौधरीले आफ्नै लगानीमा रहेको नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधानलाई बोर्ड सदस्यमा नियुक्त गरेका थिए ।

मन्त्री चौधरी प्रधानलाई पनि कार्यकारी बोर्ड सदस्य बनाउने तयारीमा छन् ।

खेलकुद विकास ऐनले राखेपको कार्यकारी समिति ७ सदस्यीय रहने व्यवस्था गरेको छ । सदस्यसचिव कार्यकारी रहने समितिमा राखेपका प्रशासन विभाग प्रमुख र मन्त्रालयको खेलकुद महाशाखा प्रमुख पदेन सदस्य रहने व्यवस्था छ ।

यसैगरी समान २ पुरुष र महिला मनोनित हुने व्यवस्था छ । जसमा राखेप तथा अध्यक्षको हैसियतले खेलकुद मन्त्रीले समान २ जना मनोनयन गर्न पाउँछन् ।


भिडियो
MANISH DANGI II खेलाडीले कोचसँग म्याच गर्नुपर्छ, कोचले खेलाडीसँग म्याच गर्ने होइन II NEPAL FOOTBALL
प्रधानमन्त्रीले नेसनल हाई परफर्मेन्स सेन्टर एन्ड स्पोर्ट्स साइन्स रिसर्च सेन्टर'को उद्घाटन गरेका छन्
खेलकुदमा POLITICS का लागि कुनै ठाउँ छैन ll KP OLI- PRIME MINISTER
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ
मोफसलका प्रतियोगिताले टोली तयार पार्न सजिलो भयो, यसपालि सकारात्मक छौं -Yam Prasad Gurung: Head Coach
हार्दा सबैले जिम्मेवारी लिन सक्नुपर्छ ll HARI KHADKA- TECHNICAL DIRECTOR ,ANFA
गोलकिपरको विषयमा बोले प्रशिक्षक लामा ll SURAJ LAMA-GOALKEEPER COACH