काठमाडौं । जनकपुर नाइट्सले नेपाल कबड्डी लिग (एनकेएल) मा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा जनकपुरले पोखरा लेकर्सविरुद्ध ३६-२९ को रोमाञ्चक जित निकाल्यो ।
रेडबाट जनकपुरले २१ अंक प्राप्त गर्दा पोखराको खातामा १५ अंक रह्यो । डिफेन्समा पनि जनकपुरले ६ अंकको अग्रता लियो । डिफेन्सबाट जनकपुरले ८ र पोखराले २ अंक जोडे ।
यसैगरी जनकपुरले दुई अलआउटबाट चार अंक प्राप्त गर्यो । बोनस प्वाइटमा भने पोखरा आगाडि रह्यो । बोनसबाट पोखराले १२ अंक जोड्दा जनकपुरले ३ अंक मात्रै थप्न सक्यो ।
जितसँगै चार खेलमा २० अंक जोडेको जनकपुर शीर्षस्थानमा उक्लिएको छ । चारै खेलमा पराजित पोखरा एक अंकका साथ पुछारमा छ ।
कबड्डीमा सात अंकभन्दा कम अन्तरको हार बेहोर्ने टोलीले पनि एक अंक प्राप्त गर्ने प्रवधान छ ।