काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा विराटनगर ब्यान्डिट्सले विजयी सुरुआत गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबारको पहिलो खेलमा विराटनगरले धनगढी वाइल्डक्याट्सलाई ४६-३४ अंकले पराजित गर्यो ।
रेडमा खासै अन्तर नरहे पनि ट्याकल र दुई अल आउटको मद्दतले विराटनगरले धनगढीविरुद्ध सहज जित हासिल गरेको हो । विराटनगरले रेडमा २४ अंक ल्याउँदा धनगढीले २३ अंक जोडेको थियो ।
ट्याकलमा भने विराटनगरले धनगढीभन्दा सात अंक बढी प्राप्त गर्यो । विराटनगरले ट्याकलमा १८ अंक जोड्यो । खेलमा दुई अल आउटका साथ विराटनगरले थप चार अंक प्राप्त गर्यो ।
जितसँगै पाँच अंक जोडेको विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । १२ अंकको हार बेहोरेको धनगढीले भने कुनै पनि अंक जोड्न सकेन ।
भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE