माघ २३, २०८१ बुधबार | १२:२८:३७
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

घनश्याम चम्किँदा पोखराविरुद्ध काठमाडौंको रोमाञ्चक जित

काठमाडौं र पोखरा प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । कप्तान घनश्याम रोका मगर चम्किँदा काठमाडौं म्याभरिक्सले केबी साम नेपाल कबड्डी लिग(एनकेएल)को उद्घाटन खेलमा पोखरा लेकर्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न खेलमा काठमाडौंले पोखरालाई एक अंकको झिनो अन्तरले निराश पार्यो । काठमाडौंले पोखरालाई ४२-४१ अंकले निराश बनाएको  हो ।

जितसँगै काठमाडौंले स्पष्ट पाँच अंक जोड्यो । हारका बावजुद पोखराले एक अंक प्राप्त गर्यो । सात अंकभन्दा कम अन्तरको हार बेहोरेका कारण पोखराले एक अंक हासिल गरेको हो ।

एक समय १२ अंकले पछाडि रहेको पोखराले तीन मिनेट बाँकी छँदा पुनरागमन गर्दै तीन अंकको अग्रता लिएको थियो । तर, घनश्यामले सवा दुई मिनेट बाँकी रहँदा सुपर रेड गरेपछि काठमाडौंको जित सम्भव भएको हो ।

दोस्रो हाफको सुरुआती मिनेट देखिनै पोखराले खेलमा पुनरागमन थाल्यो । कूल २५ अंक जोडेको पोखराले रेडमा १४ अंक, ट्याकलमा तीन अंक, बोनस र अलआउटमा समान चार अंक प्राप्त गरेको थियो । एक अंक उसले पोखराले विपक्षी खेलाडीले लाइन क्रस गरेका कारण पायो । विदेशी खेलाडी मोहम्मद साबुज मियाको सुपर रेडमा पोखराले सुरुआती पाँच मिनेटमै अंक दूरी घटाउने प्रयास गरेको थियो । ६ अंकले पछाडि रहेको स्थितिमा पोखराले काठमाडौंलाई अलआउट गर्दा पोखरामा पुनरागमन गर्न सकिन्छ भन्ने भावना पलायो । नागेश्वर ठाकुरको सुपर रेडमा खेल ३६–३६ को बराबरीमा पुग्दा कबड्डीको माहोलले अर्कै रुप लियो । तीन मिनेट बाँकी रहँदा दोस्रो अलआउटप्रेरित पोखरा ४०–३८ ले अगाडि बढेको थियो । तर, पोखरालाई भाग्यले साथ दिएन ।

दोस्रो हाफमा काठमाडौंले मात्र १६ अंक जोडेको थियो । हारको मुखमा पुगिसकेको काठमाडौंका लागि कप्तान घनश्यामले सुपर रेडको मद्धतमा ४०–३८ को स्थितिमा रहेको खेल ४१–४० मा पुर्याएका थिए । अन्ततः खेल काठमाडौंले ४२–४१ को नतिजामा जित्यो । काठमाडौंले दोस्रो हाफमा रेडमा ९ अंक, ट्याकलमा तीन अंक र बोनसमा चार अंक बटुल्यो ।

प्रतियोगिताको दोस्रो दिन शनिबार दुई खेल हुनेछन् । दिनको पहिलो खेलमा धनगढी वाइल्डक्याट्सले विराटनगर ब्यान्डिट्सको सामना गर्नेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । दोस्रो खेलमा हिमालयन रेडर्सले जनकपुर नाइट्सको चुनौती पन्छाउनेछ । यो खेल ६ः३० बजे सुरु हुनेछ ।


भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE