माघ २३, २०८१ बुधबार | १२:३१:२२
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल एमबाप्पे र बेलिङघमले कोपा डेल रेको क्वार्टरफाइनल गुमाउने शीर्षस्थानमा उक्लियो अल हिलाल नेपाल ओलम्पिक कमिटीको निवार्चनले पाएन आइओसी र एओसीबाट मान्यता पिएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा सहज जित निकाल्दै एट्लेटिको सेमिफाइनलमा नेदरल्यान्ड्सको सामना गर्दै नेपाल एसी मिलान पुगे जाेआओ फेलिक्स अन्तरविद्यालय फुटबलः अमरकान्ति, बुद्ध, सांग्रीला र एभेरेस्ट क्वार्टरफाइनलमा डिसिए धनगढी लगातार दोस्रो खेलमा विजयी

माटो देखि मैदानसम्मः नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता नेपाल कबड्डी लिग आजबाट

नेपाल कबड्डी लिगको ट्रफीसँग सहभागी ६ टोलीका मार्की खेलाडी, तस्विरः सरोज सापकोटा/खेलाडी

काठमाडौं । नेपाली कबड्डीको पहिलो फ्रेन्चाइज प्रतियोगिता केबी साम नेपाल कबड्डी लिग(एनकेएल) शुक्रबार (आज)बाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं म्याभरिक्सले पोखरा लेकर्सको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको राखेप कभर्डहलमा बेलुका ६ः३० बजे सुरु हुनेछ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा हुन लागेको पहिलो संस्करणमा ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले राउण्ड रोविन र नकआउट चरणगरी माघ १८ गतेसम्म प्रतिस्पर्धा गर्दैछन् । ‘माटो देखि मैदानसम्म’ मूल नारा रहेको प्रतियोगिताका लागि सबै टोली उत्साहित र तयार देखिएका छन् ।

नेपाल कबड्डी लिगको ट्रफीसँग सहभागी ६ टोलीका मुख्य प्रशिक्षक, तस्विरः सरोज सापकोटा/खेलाडी

बिहीबार प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सहभागी टोलीका मुख्य प्रशिक्षक र मार्की खेलाडीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा सबै टोलीले प्रतियोगिताका लागि उत्साहित रहेको प्रतिक्रिया दिए । सबैले उपाधि जित्न टोली पूर्ण रुपमा तयार रहेको कुरा राखे ।

कसले के के भने ?

१. काठमाडौं म्याभरिक्स
घनश्याम रोका मगर- मार्की
हामीले यो लिगका लागि धेरै राम्रो प्रशिक्षण गरेका छौं । भारतीय प्रो कबड्डी खेलेर आएको छु । एनकेएल खेल्न एकदमै उत्साहित छु । काठमाडौंलाई अघिल्लो चरणसम्म लैजाने लक्ष्य छ ।

सरोज सिंह- मुख्य प्रशिक्षक
हामीले लिगका लागि एक महिनाको प्रशिक्षण गर्यौँ । तयारी एकदमै राम्रो भएको छ । टोलीमा सबै खेलाडी उपस्थित भइसकेका छन् । भोलि जितका साथ सुरुआत गर्न चाहन्छौ । हामीसँग थाइल्यान्डबाट दुई र बंगलादेशबाट एकजना खेलाडी छन् । सबै टोली एकसेएक छन् । काठमाडौंको लक्ष्य भनेको उपाधि हो ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली काठमाडौं म्याभरिक्सका मुख्य प्रशिक्षक सरोज सिंह (दायाँ) र मार्की खेलाडी घनश्याम रोका मगर (बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

२. पोखरा लेकर्स
प्रदीप मिजार- मार्की
टोलीमा सबै खेलाडी राम्रा छन् । सन्तुलित छ टोली । भारतीय प्रो कबड्डी लिग खेलेका खेलाडी छन् । हाम्रो लक्ष्य भनेको उपाधि उचाल्ने नै हो । यसका लागि हामीले राम्रो तयारी गरेका छौं । खेलाडीको मनोबल उच्च छ । कसरी जित्न सकिन्छ भन्ने मै ध्यान केन्द्रित छ ।

विष्णु दत्त भत्त- मुख्य प्रशिक्षक
तयारी राम्रो भएको छ । बंगलादेशका खेलाडीलाई अनुबन्ध गरेका छौं । बंगबन्धु कपमा खेलेका खेलाडीलाई ल्याएका छौं । केही खेलाडीले जुनियर विश्व च्याम्पियनसिप पनि खेलेका छन् । घरेलु खेलाडीले पनि अन्तर्राष्ट्रिय अनुभव लिइसकेका छन् । उत्साहित छौं एनकेएलका लागि ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली पोखरा लेकर्सका मुख्य प्रशिक्षक विष्णु दत्त भत्त(दायाँ) र मार्की खेलाडी प्रदीप मिजार(बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

३. जनकपुर नाइट्स
रमु टमाटा- मार्की
टोली एकदमै राम्रो छ । उपाधि उचाल्ने लक्ष्य राखेका छौं ।

पार्वती राई- मुख्य प्रशिक्षक
हामीले एक महिना अगाडि देखि प्रशिक्षण गरिरहेका छौं । खेलाडीले व्यक्तिगत प्रशिक्षण गरिरहेको सायद योभन्दा पनि धेरै समय भइसक्यो । हामीले चार जना विदेशी खेलाडीलाई भित्र्याएका छौं । श्रीलंका र थाइल्यान्डबाट समान दुई जना खेलाडी छन् । महिला भएकै कारण चुनौती भन्ने छैन । मैले यसअघि पुरुष टोलीको जिम्मेवारी लिइसकेको छु । २०२३ को जुनियर विश्व च्याम्पियनसिपमा राष्ट्रिय टोलीको नेतृत्व मैले नै गरेको थिएँ । त्यतिबेला टोलीले काँस्य पदक जितेको थियो ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली जनकपुर नाइट्सका मुख्य प्रशिक्षक पार्वती राई(दायाँ) र मार्की खेलाडी रमु टमाटा(बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

४. हिमालयन रेडर्स
गणेश बहादुर पार्की- मार्की
विदेशी खेलाडीको अनुभव टोलीको बलियो पक्ष हो । केन्या र बंगलादेशका समान दुई खेलाडी छन् । भारतमा सिकेका कुराहरु प्रयोग गर्यौँ भने नतिजा आफ्नो पक्षमा पार्न सकिने कुरामा विश्वस्त छु । एनकेएलका लागि एकदमै उत्साहित छु ।

फोथुंगती सतिश कुमार- प्रशिक्षक १
कोलपुरमा हामीले पर्याप्त प्रशिक्षण गर्यौँ । बिहान र बेलुका दुई समय हामीले म्याटमा बितायौं । नेपाली खेलाडी प्रो लिग खेल्न सक्षम छन् । यो लिग प्रो लिग सम्म पुग्ने बाटो हुनेछ भन्ने आशा गरेको छु ।

सन्दीप पन्त- प्रशिक्षक २
भारतमा हामीले १८-२० दिनको प्रशिक्षण गर्यौँ । त्यहाँ हामीले धेरै सुविधाबीच प्रशिक्षण लिन पायौं । जसका कारण एनकेएलमा राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको छु ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली हिमालयन रेडर्सका मुख्य प्रशिक्षकद्धय पोथुगन्ती सतिश कुमार (बीच) र सन्दीप पन्त(दायाँ), साथमा मार्की खेलाडी गणेश बहादुर पार्की(बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

५. धनगढी वाइल्ड क्याट्स
पदम बहादुर विष्ट- मार्की
हामी शारीरिक र मानसिक रुपमा एनकेएलका लागि तयार छौं ।

महेश बोहरा- मुख्य प्रशिक्षक
डिफेन्स र अट्याक दुबैमा बलियो छौं । श्रीलंका, बंगलादेश र केन्याबाट समान एक खेलाडी भित्र्याएका छौं । सबैसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छ । हामीले घरेलु र विदेशी खेलाडीलाई एकै ठाउँ राखेर प्रशिक्षण गर्न पाएका छौं । टोली एकदमै बलियो देखिएको छ ।यसले हामीलाई केही सहज हुने अपेक्षा छ ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली धनगढी वाइल्डक्याट्सका मुख्य प्रशिक्षक महेश बोहरा(दायाँ) र मार्की खेलाडी पदम बहादुर विष्ट(बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

६. विराटनगर बन्डिट्स
कल्यान भुजेल- मार्की
खेलाडी एकदमै उत्सहित छन् एनकेएललाई लिएर । कबड्डीमा पनि फ्रेन्चाइज भए हुन्थ्यो जस्तो लाग्थ्यो । आज त्यो दिन आएको छ । हामीसँग युवा टोली छ । यी युवा खेलाडीमा जित्ने जुनून छ । खेलाडी एनकेएल खेल्न आतुर छन् ।

लोक बहादुर विष्ट- मुख्य प्रशिक्षक
हामीले थाइल्यान्डबाट दुई जना खेलाडी अनुबन्ध गरेका छौं । बाँकी १२ जना नेपाली खेलाडी नै हुन् । थाइल्यान्डका खेलाडीसँग जुनियर र एसियन च्याम्पियनसिप खेलेको अनुभव छ । फाइनल खेल्ने लक्ष्य राखेका छौं ।

नेपाल कबड्डी लिगको फ्रेन्चाइज टोली विराटनगर बन्डिट्सका मुख्य प्रशिक्षक लोक बहादुर विष्ट(दायाँ) र मार्की खेलाडी कल्याण भुजेल(बायाँ), तस्विरः सरोज सापकोटा/खेलाडी

भिडियो
NATIONAL WOMENS CRICKET TEAM की DEBUTANT MANISHA UPADHYAY भन्छिन्ः दिदीहरुसँग धेरै सिक्न पाइरहेछु
NEPAL WOMENS CRICKET PLAYER RUBINA CHHETRI भन्छिन्ः राम्रो खेलिरहेका छौं, तर जित्न सकिइरहेको छैन
SANISH SHRESTHA ले खेलेको हेर्दा म उसमा आफूलाई पाउँछु II RABIN SHRESTHA II NATIONAL FOOTBALL PLAYER
मेयर BALEN SHAH को नेतृत्वमा मुहार फेर्दैछ सानो गौचरण मैदान, बन्दैछ नमुना II KHELADI ON THE SPOT
आहारारा गोल्डकपको पूर्वसन्ध्यामा टाइगर कप भलिबलको फाइनल दौरान देखिएको पोखरा रंगशालाको ड्रोन भिडियो
राजनीतिक दलले खेल गराउने होइन, निरन्तर खेल हुने वातावरण बनाउनुपर्छ II KARMA TSHIRING SHERPA II ANFA
NEPAL माथि जित हासिल गरेपछि NETHERLANDS का प्रशिक्षक NEIL MACRAE