राखेप

खेलकुद ऐन संशोधन गर्न सरकार तयारः मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्दै अघि बढ्न सकिने बताएका छन् ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए ।

मन्त्री गहतराजलाई राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका थिए ।

त्यस्तै राखेपका उपाध्यक्ष कोइरालाले चाँडो भन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनु पर्नेमा जोड दिए । 

खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे ।